बाग्मती

कांग्रेस नेतृ डा देउवाद्वारा वीर अस्पतालमा चिकित्सकलाई स्वास्थ्य सामाग्रि सहयोग

१२ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेतृ डा. आर्जुु राणा देउवाले वीर अस्पतालका चिकित्सकलाई स्वास्थ्य सामाग्रि बितरण गरेकी छन् ।

नेपालको सबैभन्दा पुरानो अस्पताल बिर अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नेतृ देउवाले २५ थान पीपीई सेट र २५ थान सर्जिकल माक्स सहयोग गरेकी हुन् ।

नेपाली कांग्रेसकी नेत्री डा.आर्जु राणा देउवाको सहयोगमा विर अस्पतालमा अवस्थित क्यान्सर वार्डका स्वास्थ्यकर्मीहरुलाई पीपीई सेट जस्ता स्वास्थ्य सामाग्री नेबि संघका नेता दुजाड्ग शेर्पा र तरुण दलका नेता श्री राम चालिसे माफेत डा .सन्ध्या चापागाईलाई हस्तान्तरण गरेका हुुन् ।

डा देउवा नेपाली कांग्रेसका पार्टी सभापति तथा पुर्व प्रधानमन्त्री शेबहादुर देउवाका पत्नि हुन् ।