राजनीति

राजाका तस्विर भएका नोट हटाउने निर्णय तत्काल फिर्तागर्न अध्यक्ष थापाको माग

१२ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राजाहरुको तस्वीरअंकित नोट निषेधगर्ने निर्णय इतिहास मेटाउने पुर्वाग्रही काम भएको प्रतिकृया दिएका छन् ।

अध्यक्ष थापाले राष्ट्रिय अखण्डताको रक्षागर्न देश एकढिक्का हुनुपर्ने बेला यो निर्णयले राष्ट्रिय एकतालाई कमजोरपार्ने, राष्ट्रवादी शक्तीलाई विभाजित बताउँदै आपत्तीजनक भएको बताएका छन् । उनले राष्ट्र बैंकले गरेको उक्त निर्णय तत्काल फिर्ता गर्न मागसहित प्रधानमन्त्री केपी शमा ओलीलाई ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष थापा भन्छन्ः राजाहरुको तस्वीरअंकित नोट निषेधगर्ने निर्णय इतिहास मेटाउने पुर्वाग्रही काम हो। राष्ट्रिय अखण्डताको रक्षागर्न देश एकढिक्का हुनुपर्ने बेला यो निर्णयले राष्ट्रिय एकतालाई कमजोरपार्छ। राष्ट्रवादी शक्तीलाई विभाजित गर्छ। यो आपत्तिजनक निर्णय फिर्तागर्न प्रम @kpsharmaoliको ध्यानाकर्षण गर्दछु