पु.समाचार

कोरोनाका कारण चौथो व्यक्तिको मृत्यु

१२ जेठ काठमाडौं । नेपालका कोरोनाका कारण चौथो व्यक्तिको मृत्यु भएको छ । विरगञ्जको नेशनल मेडिकलमा पहिले नै मृत्यु भई दाहसंस्कार गरिसकेका ७० वर्षका बृद्धमा कोरोना पुष्टि भएको हो । यता स्वास्थ्य मन्त्रालयले उक्त बृद्धको मृत्युबारे केहि खुलाएको छैन ।

उपचारका क्रमण जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षको बृद्धको कोरोना पुष्टि भएको नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिएका छन् । मृतक बृद्धको वीरगञ्जस्थित प्रयोगशालामा परिक्षण गर्दा संकास्पद रिपोर्ट आएपछि पुनः परिक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला पठाईएको थियो ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो । अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् ।

बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९ को सङ्क्रमणबाट नेशनल मेडिकल कलेज वीरगञ्जमा गत जेठ ४ गते नै निधन भएको हो ।

योसँगै कोभिड–१९ बाट मृत्यु हुनको सङ्ख्या नेपालमा चार पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । यसअघि सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक/एक जनाको निधन भएको थियो ।

मृतकको कोभिड–१९ परीक्षणका क्रममा सङ्क्रमण भएको पुष्टि भएको हो । सत्तरी वर्षीय उनी क्षयरोगीसँगै श्वासप्रश्वाससम्बन्धी दीर्घरोगी रहेका थिए । श्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई नेशनल मेडिकल कलेज वीरगञ्जमा जेठ २ गते भर्ना गरिएको थियो । उनको जेठ ३ गते स्वाब सङ्कलन गरी नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँको रिपोर्टमा शङ्कास्पद आएपछि उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो । त्यहाँ परीक्षण गर्दा पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए । जेठ ५ गते नै उनको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।