राजनीति

अति भए सुगौलि सन्धि अगाडिका भूमिपनि फिर्ता लिन्छौंः डा भण्डारी

१२ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले लिपुलेक, कालापानी र लिम्पयाधुराको विषयमा भारतले विरोध बढाईरहे अति भए सुगौलि शन्धि अगाडिका भूमिपनि फिर्ता लिने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता भण्डारीले सुगौली सन्धि नेपालको हारको दस्तावेज भएको बताउँदै यसलाई पनि भारतले मान्दैन भने नेपालले केहि सोच्नुपर्ने बेला आएको बताएका छन् । डा भण्डारीले नेपालीहरु हतियारसंग लड्न नसक्ने बताउँदै लकडाउनका नयाँ पृथ्वीनारायण शाह जन्मिन सक्ने भन्दै हिमनरेशको परिवारमा पार्वती पैदा भएको उदाहरण दिएका छन् ।

नेता भण्डारीले जे भएको छ राम्रो भएको छ बिचलीत नभई समयलाई पर्खिन आग्रह समेत गरेका छन् । भारतिय सञ्चारमाध्यमले अपमान जनक शव्द बोलकोमा दुःख व्यक्त गर्दै उनि भन्छन्ः समयलाई पर्ख सुगौली सन्धि अगाडीको नेपाल तिम्रो हातमा आउन सक्दछ । सत्यमेव जयते ।

नेता भण्डारीको ट्वीटः सुगौली सन्धि नेपालको हारको दस्तावेज हो । यसलाई पनि भारतले मान्दैन । हतियारसंग हामी लड्न सक्दैनौ । भारतिय सन्चार माध्यमबाट अपमानजनक शब्द पिईरहेका छौं । आवेगमा नबोल । प्रत्येक अपमानजनक शब्दले नयाँ जिनको खोजी गरिरहेको छ । यो लकडाउनमा नयाँ पृथ्वीनारायण शाह जन्मिन सक्दछन जसरी हिमनरेशको परिवारमा पार्वती पैदा भएकी थिईन । विचलित हुनुहुदैन । जे भएको छ राम्रोको लागि भएको छ । समयलाई पर्ख !!! अति भए पछि खति हुन्छ । समयलाई पर्ख सुगौली सन्धि अगाडीको नेपाल तिम्रो हातमा आउन सक्दछ । सत्यमेव जयते ।