राजनीति

गुरुङ आक्रोशितःसुरक्षाकर्मीमात्र होईन, अगुवापछुवा फिर्ता गर्नुस्, भोका जनतालाई के को शान?

१२ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले नेपाली काँग्रेस तथा नेकपाका पूर्ब भीआईपीहरुले सुरक्षाकर्मी फिर्ता गरेको बिषयलाई लिएर प्रतिकृया दिएका छन् ।

उनले ट्वीट गर्दै सुरक्षाकर्मी मात्रै होइन, पछुवा गाडी समेत फिर्ता गर्नु पर्छ भन्ने प्रतिकृया दिएका छन् ।

नेता गुरुङले गरीबले खाना नपाएरै मर्नु पर्ने अबस्थामा पुर्वहरुले शानकै लागि सुरक्षा कर्मी सहित पछुवा गाडी कुदाइरहने ? भन्ने उनीहरुलाई प्रश्न गरेका छन् । नेता गुरुङले आक्रोशित हुँदै भन्छन्, ‘भोको जनताको अगाडी के को शान ?’

नेता गुरुङको जस्ताको तस्तै भनाईः कसुरक्षाकर्मी मात्रै होइन, पछुवा गाडी समेत फिर्ता गर्नु पर्छ। गरीबले खाना नपाएरै मर्नु पर्ने अबस्थामा पुर्वहरुले शानकै लागि सुरक्षा कर्मी सहित पछुवा गाडी कुदाइरहने ? भोको जनताको अगाडी के को शान ?