पु.समाचार

कोरोना आसंका गरिएका एक व्यक्तिको भरतपुर अस्पतालमा मृत्युः संक्रमण पुष्टि हुन बाँकी

१२ जेठ चितवन । कोरोना आसंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ । उद्यपी कोरोना भए नभएको भने पुष्टि भएको छैन । उनको स्वाब संकलन गरेर कोरोना परिक्षण गरिँदै छ ।

भरतपुरको कोरोना विशेष अस्पतालमा कोरोना परिक्षण गरी उपचारको लागि तयारी गरिरहँदा आईसियुमा उक्त बिरामिको मृत्यु भएको हो ।

आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलका अनुसार बिरामीमा निमोनियाको समस्या देखिएको थियो । चिकित्सकले बचाउन प्रयास गरेपनि उनको ज्यान गएको बताईएको छ ।