अन्तर्राष्ट्रिय

विश्वभर कोरोनाः झण्डै ५५ लाख संक्रमित, निधन ३ लाख ४६ हजार वढी (पछिल्लो अपडेट)

१२ जेठ काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या झण्डै ५५ लाख नजिक पुगेको छ । वल्र्ड मिटरको सोमबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ५४ लाख ९४ हजार ४ सय ६४ जना संक्रमीत भएका छन् । तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख ८६ हजार ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, रुसमा ३ लाख ४४ हजार ४ सय ८१, ब्राजिलमा ३ लाख ६३ हजार ६ सय १८, बेलायतमा २ लाख ५९ हजार ५ सय ५९, स्पेनमा २ लाख ८२ हजार ८ सय ५२, इटालीमा २ लाख २९ हजार ८ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभर ३ लाख ४६ हजार ४ सय ३४ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ । मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक एक लाख पुगिसकेको छ । त्यस्तै, बेलायतमा ३६ हजार ७ सय ९३, ईटालीमा ३२ हजार ७ सय ८५, फ्रान्समा २८ हजार ३ सय ६७ को मृत्यु भइसकेको छ ।

विश्वभर २३ लाख १ हजार ८ सय ९८ संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न् । संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ४ लाख ५१ हजार ७ सय २, जर्मनीमा १ लाख ६० हजार ३ सय, स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना, ईटलीमा १ लखा ४० हजार ४ सय ७९ अहिले संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमीतको संख्या १ लाख नाघेको छ । त्यहाँ १ लाख ३८ हजार ५ सय ३६ जना संक्रमीत भएका छन् भने ४ हजार २४ जनाको मृत्यु भएको छ । नेपालमा ५६ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्ये ३ जनाको मृत्यु भइसकेको छ भने ८७ जना संक्रमणमुक्त भएका छन् ।