विचार/ब्लग

समयलाई चिन्ने मान्छे कहिल्यै असफल हुन्न

नेहा थापा/कुनै पनि अवसर वा बेलालाई समय भनिने गरिन्छ । मानव जीवनमा समयको धेरै नै महत्वपुर्ण भूमिका रहेको हुन्छ । समयको महत्वलाई मानवले बुझ्न सक्नुपर्छ । समय खोलामा बगेको पानी जस्तै हो । जसरी खोलाको पानी निरन्तर बगिरहन्छ त्यसरी नै समय निरन्तर चलिरहन्छ । समय आउँछ जान्छ तर कसैलाई पर्खेर बस्दैन । समयले कसैलाई पनि काखा र पाखा गर्दैन । जुन मान्छे समयलाई पालना गरेर काम गर्छ त्यस व्यक्तिको जीवन सफल हुन सक्छ भन्ने भनाई सही हो ।

मानव जीवनमा समय सबै भन्दा बढी महत्व छ । त्यसैले समयको दुरुपयोग कुनै किसिमको काममा पनि गर्नु हुँदैन । विद्यार्थि जीवनमा शिक्षा आर्जन नगरी खेलबाडमा समय बिताउने व्यक्तिहरु पछि गएर पछुतोमा परेको कुरा सुनिन पाइरहेको हन्छ । त्यसले समयको हरेक क्षणको आफ्नै महत्व रहेको हुन्छ । हरेक व्यवशायमा लाग्ने व्यक्तिहरुको जीवनमा समयको अति महत्व हुने गर्छ । समयको महत्वलाई बुझ्ने व्यक्तिहरुले समयलाई व्यर्थमा खेर फाल्ने गदैनन् । सबैको आ –आफ्नो क्षेत्र हन्छ । विद्यार्थी नियमित समयमा विद्यालय जानु, सन्दर्भ पाठ्यपुस्तक पुस्तकालयमा गएर पढ्नु, या अध्ययन गर्नु नै उसको उचित समयको सदुपयोग हो । समयको महत्व बुझेर हरेक काम कुरा समयमा गर्ने व्यक्तिको जीवन सार्थक र आर्थात सफल हुन्छ । समय सदुपयोग गर्ने कुरा हो । यसको कहिले पनि दुरपयोग गर्नु हुँदैन । जुन समयमा जुन काम गनुृ पर्ने हो त्यस समयमा त्यहि काम गर्नु नै समयको सहि सदुपयोग गर्नमा नै समय खर्च गर्नु उपर्युक्त हुन्छ । यसको महत्वपूर्ण क्षण मानिसका हातबाट फुत्कियो भने त्यो क्षण फेरि फर्केर कहिले आउँदैन । समयमा एकएक पलको महत्व छ । समय मै अस्पातल पुर्याइको बिरामी बाच्न सक्छ । यदि उसलाई समयमा आस्पातल पुर्याउन सकेन भन्ने उसको जयान पनि जान सक्छ । बेलामा गाडीको स्टेसनमा पुगे व्यक्ति आफ्नो गन्तव्यमा सजिलै पुग्न सक्छ । तोकिएको समयको सहि ढंगले सदुपयोग गरी परिक्षा दिने विद्यार्थी जहिले सफल हुन सक्छ ।

यसरी समयको एक एक पलको सहि सदुपयोग गरी काम गर्ने व्यक्तिले जीवनमा धेरै कामहरु गरेर सफल व्यक्ति भएर देखाउन सकेका उदाहरण छन् । जसले काम गर्छ, त्यसले मीठो फल पाउँछ । काम गर्ने मानिसको जीवन सधैं खुसी हुन्छ । अनि यस्ता व्यक्तिहरु कहिले पनि दुःख पाएर रुनु पर्दैन । संसारका महापुरुषहरु समयको सही रुपमा सदुपयोग गरेर नै अहिले महान् व्यक्तिको रुपमा चिन्न सफल भएका हुन् । कुनै एक क्षेत्रमा राम्रो कार्य गरे कुनैे पनि व्यक्ति विश्र प्रसिद्ध बन्न सकिन्छ । यी सब कुरा थाहा पाउँदा पाउँदै पनि हामी समयका महत्वपूर्ण क्षणहरुलाई त्यसै खेर फालीरहेका हुन्छांै । अनि केहि काम नगरी समय बिताइरहेका हुन्छौं । चिया पसलमा गफ गरेर वा रेष्टुराँमा रक्सीपएर केहि काम नगरी समय बिताउने हाम्रो अज्ञानता हो । कुनै पनि काम गर्नु समयको सदुपयोग हो भन्ने ठानी चोरी, डैकती, हिंसा आदि जस्ता नराम्रा कार्यहरु कदापि गर्नुहुन्न । यस्ता कार्यहरु गरेका खण्डमा समयको दुरुपयोग भएको मानिन्छ । त्यसैले हामी समयको हरेक पललाई सृजनात्मक कार्यमा लाग्नु पर्छ । ज्ञानी व्यक्तिले चाँही समयको ठिक ढंगले सदुपयोग गरिरहेको हुन्छ अनि उसको जीवन सुखसगँ बितिरहेको हुन्छ । समयले आफ्नो गतिसगैँ परिवर्तन पनि ल्याइरहेको हुन्छ । मानव सभ्यताको विकास समय कै गतीशीलतालको उपलब्धि हो ।

हाम्रा पुर्खाहरुले बाँचेको समय र अहिले हामी बाँचिरहेको समयकाबीच आकाश र पातालको अन्तर छ । आजको समयले हामीलाई हिजोको जंगगली सभ्यताबाट आधुनिक सभ्यतामा ल्याई पुर्याएको छ । हाम्रो समाजका हरेक क्षेत्रमा अहिले परिवर्तन आएको छ । यस आधारमा समयलाई विकासकै रुपमा लिन सकिन्छ । आज जन्मेको बालक समय कै क्रममा भोलि किशोर र जवान हुदैँ बृद्ध अवास्थामा पुग्दछ अनि समय कै क्रममा यसको मुत्यु पनि हुन्छ । कुनै पनि प्राणीको जन्म र मृत्युलाई समय कै रोमाञ्चक खेल मान्न सकिन्छ । कुनै पनि व्यक्तिका शारीरिक, मानसिक, बौदिक आदि पक्षको विकास समय कै गतीमा भइरहेको हुन्छ । आजकोभोली नै हामीलाई प्रत्येक कुराहरु बदल लिएका रुपमा हात लाग्छन् । बालुवाका कणहरु पनि निश्चित समयसम्म एकै ठाउँमा खाँदिएर रहेमा कालान्तरमा ढुगाँमा परिणत हुन्छन् । यस प्रकार निर्जीव वस्तुहरुमा पनि समयले परिवर्तन ल्याइदिन्छ भने सजिवको त कुरै छाडौं । समय निकै बालवान छ । समय एउटा बलियो शक्ति हो भन्ने विचार दार्शनिकहरुले पनि व्यक्त गरेका छन् । कुनै एक समयमा ज्यादै शक्तिशाली देखिएको व्यक्ति कुनै आर्को समयमा ज्यादै कमजोर पनि हुन्छ । एकताका ज्यादै शक्तिशाली देखिएका भिमशेन थापा आफ्नो जीवनको उत्तरार्धतिर निकै कमजोर भए । अनि जहानीया राणा १०४ बर्ष अनि पँचायती व्यवस्था ३० वर्ष सम्म चलेको चलेका उदहारण नेपाली इतिहासमा पुराना छैनन् ।

आजको बालक भोलीको युवक बन्न सक्छ, अनि आजको युवक भोलीको बृद्ध बन्न सक्छ त्यो सबैले बुझ्न सक्छ, युवक हुँदा घमण्डी हुन हुँदैन भन्ने युवकले बुझ्न जरुरी छ । युवक लगायतले जीवनमा केहि गरेर देखाउन समयको महत्वलाई हेक्का राख्नु पर्छ । पटक पटक भन्न सकिन्छ कि समयलाई मानिसले चिन्न सक्नु पर्दछ र समय अनुसार गतिशील हुन सक्नु पर्दछ । यहि समयलाई नचिन्दा र समयको गतिसगैँ अगाडी बढ्न नसक्दा प्रकृतिको धनी हाम्रो देश नेपाल संसारको सबै भन्दा गरीब देशका दुःखी जनता भएर दिन काट्नु परेको छ । जीवन र प्रकृतिको प्रवाहमय परिर्वतन गती हो । समयको महत्वलाई बुझ्न सकिएन र चनिएन भने प्राप्त गरिएको उपलब्धिहरु पनि खोसिने छन् । बुद्धिमान मानिस भूतकालबाट शिक्षालाई भविष्यको सुन्दर कल्पना बोकेर वर्तमानको याथर्थमा क्रियाशील रहन्छ । रात रहे अग्राख पलाउँछ भन्नेहरुले समयको महत्वलाई बुझी अगाडी बढ्नु नै बुद्धिमानी हुनु हो । त्यसै समयप्रतिको सचेतना नै सफलताको भर्याङ हो जीवनको सार हो र कर्तव्य पथ हो । समयको महत्व बुझनु भनेको यथार्थवादी एवं वस्तु वादी बन्नु हो । सानोदेखि ठूलोसम्मले आ–आफ्नो स्थान र जिम्मेवारी ठीक ठीक समयमा इमान्दार बनी सम्पन्न गर्न सक्छौं भने मात्र सफलता चुम्न सकिन्छ ।