विचार/ब्लग

अहिलेको अवस्थामा सबैभन्दा ठूलो धन नै स्वास्थ्य हो

स्वीकृति पोख्रेल/ शारिरिक, सामाजिक, मानशीक र संवेगात्मक रुपमा तन्दुरुस्त हुनुलाई स्वास्थ्य भनिन्छ । मानव जीवनमा स्वास्थ्यको निकै महत्व रहेको छ । व्यक्ति, परिवार र समाजलाई स्वास्थ सम्बन्धि सकारात्मक ज्ञान, धारणा, सीप, अनुभव, बानी व्यवहारहरु गर्न सिकाउँदै गुणस्तरीय जीवनयापन गर्न जानकारी दिन आवश्यक छ । नेपालमा स्वास्थ्यमा परेका प्रमुख समस्याहरु सरुवा रोग, कुपोषण, वातावरण प्रदुषण, स्वास्थ्य सेवाको अभाव, अन्धविश्वास, लागु पदार्थ दुव्र्यसन, गरिवी, अशिक्षा, अवास्तकर जिवनशैली, आदी हुन् । स्वास्थ्यमा सरुवा रोगका कारण पर्ने समस्याहरु धेरै छन् । जस्तैः सरुवा रोग एक व्यक्तिलाई लागेको रोग अर्को व्यक्तिमा किटाणुको माध्यमबाट सर्नु हो । नेपालमा वर्षेनि सरुवा रोगको कारणले मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको छ । नेपाल लगायतका बिश्वमा नै कोरोना भाईरस लगायतका माहामारी र सरुवा रोग दिनानुदिन आइरहेका छन् ।

त्यस्तै हाल नेपाल लगायत विभिन्न बिश्वमा नै कोरोना भाइरसले धेरै डर त्रास फैलिरहेको छ । विश्वमा साढे तीन लाखको हाराहारीमा मानिसहरुको दिनानुदिन मृत्यु भइसकेको छ । २१३ वटा मुलुकहरु कोरोना भाईरसको कारण प्रभावित छन् । जसको त्रासले विश्व नै बन्द भएको जस्तो अवस्था छ, प्रायm सबै मुलुकहहरुले आफ्नो मुलुकमा लकडाउन गरेका छन्, कतिपयले त कफ्र्यु नै लगाएका पनि छन् । यो रोग सर्न नदिन मानिसहरुले माक्स लगाउने, सेनिटाइजर, पञ्जा, चस्मा लगायत पीपीई प्रयोग गर्ने, दूरी कायम गर्ने आदिको प्रयोग गरी कोरोना भाईरसबाट बच्ने उपाएहरु अपनाएका छन् । नेपालमा गरिवीको संख्या उच्च भएका कारण कति ठाँउका मानिसहरु भौकै भएका कारण मानिसहरुले सरकार, स्थानीय तह, सहयोगी संस्था तथा व्यक्तीहरु लगायतबाट सहयोगहरु लिईरहेका छन् भने कति भोकभोकै मर्न समेत वाध्य भएका छन् । हाल नेपालमा ५८४ भन्दा बढी संक्रमण र यसबाट मर्ने मानिसको संख्या ज्म्मा ३ पुगेको छ । ७० मानिसहरु यो भाइरससंग जीतेर निको पनि भइसकेका छन् । विश्वभरी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार भन्दा बढी पुगिसकेको छ । त्यसैले सबै मानिसहरुले यो रोगबाट बच्न सरकारले लागु गरेको नियमहरुको प्रयोग गर्ने गर्नु परेको छ । नेपालमा विस्तारै विस्तारै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । जुन भाइरसको औषधी कुनै पनि विद्वानहरुले पत्ता लगाउन सकेका छैनन् । बिभिन्न सरुवा रोगबाट बच्न स्वास्थ्य तथा पोषण युक्त खाना खाने, रोगी व्यक्तीको जुठो नखाने, रोगी व्यक्तीले प्रयोग गरेको सामान तथा भीत्री बस्त्रको प्रयोग नगर्ने, रोगीलाई समय समयमा औषधी तथा पोषण यूक्त खानाहरु ख्ुावाउने, सरसफाइ निरन्तर रुपमा गर्ने, पानी राम्रोसंग उमालेरमात्र प्रयोग गर्ने जस्ता कार्य गर्नुपर्छ भन्ने मान्यता छ । खाना सफा खाएमा, सफा पानी पीएमा जुन सुकै रोगसंग पनि लढ्न सक्ने क्षमताको विकास भई स्वास्थ्यमय जीवन नीर्वाह गर्न सकिन्छ भन्ने मान्यता पनि छ।

तीब्र जनसंख्या वृद्धीले मानिसको शारिरिक, मानसिक, सामाजीक प्रभाव पर्ने गर्दछ । जनसंख्या बृद्धी हुँदै जाँदा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजीक सुरक्षा, ज्स्ता आधारभुत आवश्यकताहरुको पुर्ति हुन सकेको छैन । आर्थिक क्षेत्रमा विकास नआएका कारण मानिसहरु निम्नस्तरको जीवन जिउन बाध्य भएका छन् । तीब्र जनसंख्याको कारण देशमा खाद्यान्नको उत्पादनमा कमिआई कतिपय मानिसहरुलाई कुपोषणको स्थिति देखापरेको छ । खाद्यान्न र आर्थिक स्थिति कमजोर भएका कारण चोरि डकैती, हिंसाजन्य अपराधहरु बढ्दै गएका छन् । जसले गर्दा मानिसको स्वास्थ्यमा समेत प्रभाव परेको छ । त्यस्तै स्वास्थ्यको अभाव भई बालबालीकाहरुमा कुपोषणको समस्या आउन थालेका छन् । मानिसलाई आवश्यक पर्ने स्वास्थ्य तथा पोष्णयुक्त खाना खाने, बालबालीकालाई स्वास्थ्य खाना खुवाउने आदी कार्य गरेमा यी रोगहरुलाई, स्वास्थ्यमय जीवन बिताउन सकिन्छ । नेपाल कृषिप्रधान देश भए पनि खाद्यान्नको विभिन्न किसिमको कुपोषणको रोगबाट प्रभावित भएका छन् ।

 
यसका अलवा स्वास्थ्यलाई वातावरण प्रदुषणले धेरै प्रभाव परेको पाइन्छ । मानिस र वातावरणको सम्बन्ध घनिष्ट रहेको छ । यदि वातावरणीय तत्वहरुको सहि उपयोग गर्न सकिएन भने वातावरणीय असन्तुलन आउन सक्छ । जुन वातावरणीय असन्तुलनबाट नै मानवको स्वास्थ्यमा प्रभाव पर्दछ । मानिसको जन्मने, हुर्किने, खाने, मर्ने आदी कार्य वातावरणमै हुने गरेको हुन्छ र वातावरण र मानिसको घनिष्ठ सम्वन्ध रहेको हुन्छ । त्यसैले वातावरणमै फोहोर मैला गर्दा विभिन्न रोगहरु लाग्ला भन्ने धारणाको विकास गरि समुदायमा सार्वजानिक शौचालयको निर्माण गर्ने, प्रत्येक घरमा एउटा शौचालयको निर्माण गन शौचालय बनाउँदा घरबाट कम्तीमा पनि १० मिटरको दुरीमा बनाउने गर्दा वायु प्रदुषण जल प्रदुर्षण र माटो प्रदुर्षण हुनबाट बचाई मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ ।

अहिले पनि नेपालमा रहेको झुटो मान्यताको विश्वास राखी मानिसलाई धामी, झाँक्रीको धेरै विश्वास गर्ने गरिन्छ । यो एक प्रकारको अदृश्य शक्तिसँग जोडिएको हुन्छ । यो कुनै वैज्ञानिक सत्यता होइन । समाजमा भएका अशिक्षा, अज्ञानताले गर्दा मानिसहरुमा अन्ध विश्वासको धारणा जागेको छ । मानिसले कुनै पनि रोगलाई देउताको श्रापले गर्दा लागेको सम्झिने बोक्सी भुत्–प्रेत आदीमा विश्वास गर्नु, सवै अन्धबिश्वास हो । यो प्रायः ग्रमिण क्षेत्रमा अब्यबस्थित छ । ग्रमीण क्षेत्रमा बिरामी हुँदा अस्पताल नलगि धामी झाँकृकोमा लगिने गरिन्छ । जसले गर्दा मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव परि अकालमै मृत्यु समेत भएको पाइन्छ । जुनसुकै रोग लाग्दा पनि डाक्टरको सल्लाह नलिई धामी झाँक्री, लामा पररोहीत आदीको सल्लाह लिने गरेको पाइन्छ । त्यस्तै सुत्केरी हुँदा हरियो सागसब्जी लगायतका तरकारीहरु खान नहुने, महिनावारी भएको बेला घर भित्र पस्न नहुने जस्ता मान्यता रहेको छ । त्यसले गर्दा मानिसको शरिरमा नकरात्मक प्रभाब परेको छ ।

अर्को लागुपदार्थ दुव्र्यसनी बिश्वको जटिल स्वास्थ्य समस्याको रुपमा खडा भएको छ । जसलाई समयमा नै हरेक नेपालीहरु सजग र सचेत भएर लागु पदार्थ दुव्र्यसनलाई रोकथाम तथा नियन्त्रण गर्न आवश्यक छ । नेपालमा गरिवीको संख्या बढी भएकाले विरामी भएको अबस्थामा उनीहरुसंग उपचार गर्न आर्थिक स्थिति कमजोर हुने भएकाले शारिरिक, मानसिक, सामाजिक रुपमा असक्त भई रोगसंग लड्ने क्षमताको विकास नभएको कारण उनीहरु अस्वस्थयकर जीवन बिताउन बाध्य हुन्छन् । स्वास्थ्य नै धन हो भन्ने बुझेर सरकारले स्वाथ्य क्षेत्रमा बढी लगानी गर्नु राम्रो हुन्छ । समाज वा परिवारले पनि अन्य क्षेत्र भन्दा स्वास्थ्यमा लगानी गर्नु राम्रो हुन्छ । अहिलेको अवस्थामा सबैले स्वास्थय नै धन हो भन्ने भावनालाई कदर गर्दै अगाडी बढ्नुपर्ने देखिन्छ ।