पु.समाचार

नेपालमा कोरोना संक्रमीत र निधन भएकाको विवरण ! (पछिल्लो अपडेट)

१९ जेठ, काठमाडौं । जुम्लामा एकैपल्ट थप ४३ जनामा कोरोना भाईरस कोभिड-१९ पुष्टि भएको छ । कर्णालि प्रदेशको जुम्लामा दुई प्रहरी सहित ४३ जनामा कोरोना देखिएको हो ।

आज संक्रमण देखिएका मध्य जुम्लाका १९ र दैलेखका २४ जना रहेको जनाईएको छ । संक्रमीत हुनेहरुमा जुम्लाको हिमा गाउँपालिका वडा नं . १, ५, ६ र ७ वडाका ८ जना र सिंजा गाउँपालिका वडा ३, ४, ५, र ६ का ९ जना पुरुष छन् ।

त्यस्तै दैलेखका २४ जना नयाँ संक्रमितमध्ये नारायण नगरपालिका वडा नं। २, ४, ५ र ९ का १७ पुरुष छन् । दुल्लु नगरपालिका वडा नं.८ र १२ का ७ जना संक्रमित पुष्टि भएका छन् । तीमध्ये २ वर्षीय बालक र २ जना महिला रहेको प्रयोगशाला संयोजक विवेककुमार पुनले जानकारी दिएका छन् ।

कर्णालि स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसीआर परिक्षणमा ४३ जनामा कोरोना देखिएको हो । संक्रमीतको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानिमा रहेको जनाईएको छ ।

आज थपिएका नयाँ संक्रमीत संगै दैलेखमा संक्रमीतको संख्या ७२ पुगेको छ भने कर्णालि प्रदेशभर १ सय ६६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै नेपालमा आजसम्म ८ जनाको मृत्यु भएको छ ।