प्रदेश 2

सडक पुर्वाधार गाउँ गाउँ पुग्नुपर्नेमा भएका पनि जीर्ण

स्वीकृति पोख्रेल/कुनैपनि मुलुकको उन्नतीको लागि पुर्बाधारको विकासको महत्व सबैभन्दा बढी छ । पुर्बाधारको सबैभन्दा महत्वपूर्ण विकासको माद्यम भनेको सडक यातायातको विकास नै हो । किनकी यसको बिकास नगरि आर्थिक बिकासका अन्य भौतिक पुर्वधारहरुको निर्माण गर्नै सकिदैन । जबसम्म सडक यातायातको विकास गर्न सकिदैन तवसम्म मुलुक विकास असम्भव छ । सडक यातायातको विकासपछिमात्र पर्यटन, कृषि विकास, औद्योगिक विकास तथा अन्य विकासमा राम्रो प्रभाव पर्दछ ।

नेपालमा कृषि क्षेत्रको विकास, वस्तुका वितरण गर्न, रोजगाारको अवशरहरुको सृजना गर्न विकासको गतिमा तिब्रता ल्याउन, व्यापार व्यापारमा वृद्धि ल्याउन, समाजलाई परिवर्तन ल्याउन, एक ठाँउको मानिस अर्र्काे ठाँउमा वसाई सर्न, विचारहरु आदान प्रदान गनर्, पर्यटनहरुलाई आकर्षण गर्न तथा मानविय हिसावमा विरामी, सुत्केरीलाई समयमानै स्वास्थ्य चौकी लगि समयमा नै उपचार गरि मृत्यु हुनबाट बचाउन लगायतका लागि सडक यातायातको आवश्यकता पर्दछ ।

नेपालको अधिकाँस बिकट क्षेत्रमा सडक यातायातको विकास भई सकेको छैन । जहाँ हवाई यातायातको सुविधाको अत्यन्तै महत्व हुन्छ । त्यस्ता ठाँउमा गरिब तथा मध्यवर्गियहरुको संख्या वढी भएको कारण उनीहरुलाई हवाई यातायात गर्नका लागि असम्भव हुन्छ । नेपालको अधिकंश भाग पाहाडले घेरेको छ । त्यहाँका लगभग सबै जिल्लामा यातायातको सुविधा पुगि सकेको छ भने कति ठाँउमा सडक यातायात बनाउँन सरकार असफल देखिएको छ ।

नेपाल गरिव मुलुक भएका कारण खान लगाउन र बस्न लगायतका आधारभूत आवश्यक्ता पूर्ति गर्नमा नै पुर्वधारहरुको राम्रो सँग विकास हुन सकेको छैन, त्यसमाथी ७०बर्ष देखीको राजनीतिक अस्थिरताका कारण मुलुकमा बनेका सरकारहरुले विकासका कार्यमा ध्यान दिन सकेका छैनन् । दक्ष जनशक्तीको अभावका कारण भू–धरातलिय कठिन, पुँजिको अभाव, आवश्यक उपकरण हरुको अभाव, सिँचाइको अभाब, सहि निर्माणको अभाब, आवश्यक पर्ने सामानको उत्पादन गर्न नसक्ने, वृक्षारोपण, बाढि पहिरो, ढल निकास आदिको ब्यबस्था सहि समयमा नहुने, बैदेशीक सहयोगको सहि पहिचालन हुन नसक्ने, निर्माण सामाग्रीको अभाब, सरकारको अदूरदर्शी नीति, असक्षम र नालायक राजनीतिक नेतृत्व, भ्रष्टाचारका कारण सडक निमर्माण हुन सकेका छैनन् । बनेका सडक पनि गुणस्तरीय छैनन् । गुणस्तरीय सडक नहुँदा बढी मात्रामा सडक दुर्घटना हुने जस्ता संभाबना र समस्याहरु बढी भएको पाइन्छ ।

सडक पुर्बाधारको विकासपछिमात्र मनोरञ्जनको स्थलहरु निर्माण गर्ने, पर्यटनहरु आकर्षितहुने खाल्को ठाँउहरुको व्यवस्था गर्ने, घर तथा सडकहरुबाट निस्किएका फोहोर मैलाहरुको उचित ठाँउको व्यवस्था गर्ने, उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवशाय, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रको विकास सम्भव छ । यातायातपतिमात्र खोला नालामा पुल, सिँचाइ, खाने पानी, बिद्यालय, स्वास्थ चौकि, रोजगार आदीको व्यवश्था मिलाउने जस्ता कार्य गर्न सम्भव हुन्छ । नेपालको केन्द्रीय राजधानी काठमाण्डौँमा अरु क्षेत्रमा भन्दा बढी सडक लगायत अन्य पुर्बाधारका सुविधाहरु भएका कारण देशभरका मानिसहरुको चाप बढी भएको छ । जुन चापले गर्दा काठमाण्डौँको सडकहरुमा धेरै गाडीहरु चल्ने भएकाले त्यहाँको सडक निकै फोहोर हुने गर्दछ । काठमाडौंका बाहिरबाट आएका धेरैजसो मानिसहरु सडकमै व्यापार व्यबसाय गर्ने दुःख पाएका सडकमै आफ्नो व्यापार गर्ने, मजदुरी गर्ने कार्यमा दिन रात विताउन बाध्य छन् ।

नेपालमा धेरैजसो ठाँउमा कच्ची बाटो भएका कारण त्यहाँ पानी पर्दा धेरै हिलो हुने, बाटोमा धेरै धुलो उडिरहने भएकाले मानिसहरु धुलो लगायत वातावरणीय समस्याका कारणले बिरामी हुने गर्दछन् । काठमाडौं लगायतका शहरी क्षेत्रमा बिरामी भएका कारण अस्पतालमा भीड देखिन्छ । ग्रमिण क्षेत्रमा धेरै प्रकारको अन्नबालि, स्वच्छ हावा पानी, वातावरण भए पनि आवश्यक सुविधा भने उपलव्ध छैन । त्यहाँका मानिसहरु प्रायः अशिक्षित हुने कारण ठेकेदार तथा स्थानीय तहलाई खबरदारी गर्न नसक्दा सडक बनाउदा राम्रो सामानको प्रयोग नभएको कारण बनाएको चार पाँच दिनमै सडक भत्कीएका उदाहरण पनि हाम्रो मुलुकका लागि नौला होईनन् । पहाडी तथा हिमाली क्षेत्रमा खोला तथा नदीमा पुलको व्यवश्था नगरेर कति बालबालीकाहरु समयमा बिद्यालय पुग्न सकेका हुदैनन् । कतीपय बालबालीकाहरु खोला तर्ने क्रममा बगाउने खोलाले नै बगााएर मृत्यु समेत भएको समाचारहरु पनि सुनिने गरेका छन् । धेरै जसो बालबालीकाहरु पढ्ने रहर हुदा हुँदै पनि सडक यातायातको कारण उनीहरु अशिक्षित हुन बाध्य भएका छन् । तर पनि सरकारले गफबाहेक कुनै ध्यानदिन सकेको देखिँदैन ।

जस्तै विपी राजमार्ग, महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, पुर्व पश्चिम राजमार्ग, कोदारि राजमार्ग, पृथ्वी राजमार्ग, धरान धनकुटा राजमार्ग, सुनौलि राजमार्ग आदि राजमार्गहरु बनेका छन् । त्रिभुबन राजमार्ग नेपालको सबै भन्दा पुरानो सडक हो यसले काठमाण्डौलाई बिरगञ्ज हुँदै भारतको रक्सौल सिमानासंग जोड्दछ । यसलाई नेपालको प्रवेशद्वार पनि भनिन्छ । किनकी भारत जाँदा वा भारत भएर अन्य देशमा केही सामान ढुवानी गर्नु परेमा सुरुमा यहि राजमार्ग प्रयोग गरिन्थ्यो ।

अर्को पुर्व पश्चिम राजमार्गले नेपालको पृर्वमेचिलाई पश्चिमको माहाकाली सम्म जोडने कार्य गर्दछ । यसलाई स्व राजा महेन्द्रले वि.सं २०१९ साल बैशाख १ गते नवलपरासि जिल्लाको गौंडाकोटमा उदघाटन गरेका थिए । त्यसैले त्यो राजमार्गलाई महेन्द्र राजमार्ग पनि भनिन्छ । यसको कुल लम्वाई १०३४ किलोमिटर रहेको छ । यस राजमार्गको २४४ किलोमिटर पुर्वको मेचि देखि ढल्केबरसम्मको खण्ड भारतीय सहयोगबाट निर्माण गरिएको छ भने ढल्केवरदेखि पत्लैयासम्मको १०९ किलोमिटर पुर्व सोभियत संघको सहायताबाट निर्माण गरिएको हो । यसैगरी हेटौँडाबाट नारायणगढसम्मको ७८ किलोमिटर एसियालि बिकास बैंकको ऋण सहयोगमा, नारणगढदेखि २५१ किलोमिटर भारत सरकारको सहयोगमा निर्माण भएको हो ।

कोदारि राजमार्गलाइ अरनिको राजमार्ग पनि भनिन्छ । मित्रराष्ट्र चिनको सहयोगबाट वि.सं २०२०सालमा पुरा भएको हो । यो राजमार्गको लम्बाइ १७६ किलोमिटर छ । त्यसै गरि पृथ्वी राजमार्गको निर्माण चीन सरकारको सहयोगमा वि.सं २०२४सालमा सुरु भई २०३२ सालमा पुरा भएको हो । यो राजमार्गको लम्बाई १७६ कि.मि छ । यो धादिङको नौविसेबाट पोखरा सम्म यसले सडक यायायात सेवामा सहयोग पुर्याएको छ । यहि राजमार्गको निर्माणले गर्दा पर्यटकहरुलाइ घुमाउने, होटल तथा सानोतिनो पसलहरु खेलि व्यापार व्याबशाय गर्दा उनीहरुको जिबन स्तरमा राम्रो प्रभाब परेको छ । सबै मानिसहरुले रोजगार पाएका छन् ।

संयुक्त अधिराज्य बेलायतको सहयोगमा बि.सं २०३३ सालमा शुरु गरेर २०४२ सालमा पुरा गरिएको यो एक महत्वपुर्ण सडक हो । यस्ले अञ्चलको सबै जिल्लाहरुलाई जोड्ने उदेश्यले यो सडक निर्माण भएको हो । कुल लम्वाई ५१ कि.मि. भएको यो सडकको निर्माण गर्न त्यसबेला करिव ३३ करोड रुपैया खर्च भएको थियो । धनकुटाबाट हिले हुदौ भोजपुर तथा संखुवासभासम्म पुर्याउनका लागि पनि सडक निर्माण कार्य भईरहेको छ ।

सुनौली राजमार्ग सिदार्थ राजमार्गको नामबाट पनि चिनिन्छ । सुनौली राजमार्ग लुम्विनी अञ्चलको सुनौलीबाट भैरहवा, स्याङजा र पाल्पा हुँदै पोखरा सम्म पुगेको छ । १४८ कि.मि. लम्वाई रहेको यस मार्गको निर्माण छिमेकी देश भारतको सहयोगमा भएको हो । यस राजमार्गको निर्माणले भैरहवा वुटवल पाल्पा तथा पोखरा जस्ता क्षेत्रहरुमा यातायातको सुविधा हुन गई आवत जावत मा सजिलो भएको छ ।

सरकारले पञ्चायतकालमा यस्ता बिभिन्न मुलुकको सहयोगमा ठूला राजमार्गहरु निर्माण गरेपनि ती राजमार्गहरु पछिल्लो मुलुकको बढ्दो ब्यापार तथा जनसंख्यालाई थाम्न सक्ने देखिँदैनन् । पछिल्लो मुलुकको ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको राज्य पुनःसंरचनाका लागि सडकहरु थपेर गाउँ गाउँ पुर्याउनुपर्नेमा भएका सडकलाई पनि स्तरिय बनाउन नसक्दा अन्य पुवार्धार लगायतका विकास निर्माणमा समस्या देखिएको छ । सडक पुर्वाधार गाउँ गाउँ पुग्नुपर्नेमा भएका पनि जीर्ण बन्नु प्रजातन्त्र नै अभिषाप हो कि भन्ने प्रश्नचिन्ह नै खडा भएको छ । बेलैमा देशका ठेकेदारहरुले सोचुन् ।