आर्थिक

बेरोजगारी बढ्दा, रेमिट्यान्स घट्दा, मुलुक आत्मनिर्भर हुने अवशर

नेहा थापा /बेरोजगारी एक यस्तो समस्या हो, जसमा व्यक्तिको आर्थिकोपार्जन हुँनै कुनै पेशा वा नोकरी हुँदैन । बेरोजगारब्यक्तीलाई संसारको कुनैपनि कुनामा गएपनि राम्रो मानिदैन । रोजगारी लिनेहरुलाई दक्ष, अर्धदक्ष, अदक्ष, उच्च दक्ष लगायतमा बर्गीकरण गरिएको छ । अमेरिका, वेलायत लगायतका कतिपय विकशीत मुलुकमा सरकारले रोजगार दिन नसकेका बेरोजगारलाई बाँच्नका लागि भत्ता दिने गरिन्छ । कतिपय बेरेजगारहरु सरकारले रोजगार दिए पनि रोजगारमा नजाने खाल्का हुन्छन्, अल्छि वा कुनै कारणबाट होस्, उनीहरुलाई स्वेच्छिक बेरोजगार भनिन्छ, उनीहरुलाई पनि सरकारले भत्ता दिने गर्दछ । भत्ता दिने भएपनि उक्त बेरोजगारहरुलाई समाजले राम्रो मान्दैन, काम गरेर खानेहरुलाई मात्र सरकारले राम्रो मान्दछ।

अहिले देशको हिसाबले हेर्दा सबै भन्दा ठूलो संख्यामा नेपाली कामदार भारतमा भएको देखिन्छ । नेपाल र भारतको दक्षिणी खुला सिमाना र ऐतिहासिक सम्बन्धका कारण दुवै देशका नागरिक खुला आवत जावत मात्र होइन, रोजगारी गर्न अवसर भएको भारतमा ठूलो संख्यामा कामदार हुनु नौलो कुरा होइन । श्रम क्षेत्रमा यति धेरै जनसंख्या सहभागी भए पनि नेपालमा श्रमिकको सामाजिक आर्थिक अवस्था सुदार हुनु सकेको छैन । अझै पनि धेरै यस्ता क्षेत्र छन्, जहाँ श्रमिकले काम गरेबापत सरकारले तोके अनुसारको न्यनतम् परिश्रमिक पनि पाएरहेका छैनन् । त्यस माथि उनीहरु रोजगारदाताबाट शोषित र पीडित छन् । श्रमिकको काम गर्ने समयावधि, पारिश्रमिक, सामाजिक सुरक्षाको विषय, सुविधा, भत्ता आदिको कुरा अझै पनि श्रम ऐनले तोके बमोजिन हुन सकेको छैन । दिन रात मेहनत गरे पनि दुई छाक टार्न धौ–धौ हुने स्थितिमा छन् ।

श्रमिकका लागि अधिकांसले अन्तराष्ट्रिय सन्धि, नियमहरु अनुमोदन गरेका छन् । तथापि ति सबै यहाँ लागु हुन सकिरहेका छैनन् । अझै पनि मजदुर श्रमशोषित, रोजगार दाताबाट पीडित, व्यवसाय जन्य सुरक्षा अभावमा र जोखिममा रहेर काम गर्न बाध्य भएका छन् । अझ देशमा व्याप्त रहेको दस वर्ष द्वन्द्वका कारण धेरै मानिस ग्रामीण क्षेत्रबाट विस्थापित भएका छन् । नेपालको पछिल्लो सँविधान २०७२ को धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुर्ने लेखिएको छ । साथै २०७४ देखि २०७५मा रोजगारी विकास कार्यक्रम दक्ष, सीपयुक्त र उत्पादन मूलक मानव संशाधनको विकासद्वारा पर्याप्त रोजगारी एवं स्वरोजगारका अवसर सिर्जना गर्ने सोच, मुलुक भित्रै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य र स्वदेशमा मर्यादित रोजगारका अवसर सिर्जना गरी बेरोजगारी तथा अर्ध बेरोजगारी न्यनीकारण गर्दै रोजगारीको हकलाई सुनिश्चित गर्ने, रोजगारीका लागि सीप तथा तालिमका अवसर वृद्धि गरी प्रतिस्पर्धा गर्न सक्ने श्रमशक्तिको विकास गर्ने, वैदेशिक रोजगारलाई बढी उत्पादन, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउदै जाने उद्देश्य राखिएको छ भने लगानी मैत्री वातावरण सिर्जना गरी स्वदेश मै पर्याप्त र मर्यादित रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्ने एवं सीप तथा व्यावसायिक तालिमका अवसरको विकास एवं विस्तार गर्दै अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने श्रमशक्तिको उत्पादन गर्न लेखिएको छ । तर यसै क्रममा देशमा रोजगारी नपाएर बाध्य भएर वैदेशिक रोजगारमा जाने श्रमिक विदेशमा छन् । वैदेशिक रोजगारीमा जान बाध्य पारिएको मानिस विदेशमा काम गर्ने क्रममा व्यवसायजन्य सुरक्षाको ज्ञानको कमीले वा अभावमा कहिले कारखाना त कहिले घर निर्माणको क्षेत्रमा सडकमा दुर्घटनामा पर्ने गर्दछन् । यस बारेमा राज्यले ठोस कानून ल्याउन सकेको छैन ।

स्वदेशमा रोजगार नपाएर दैनिक करिब १६ सय भन्दा धेरै युवा जनशक्ति विदेशीने गरेका छन् । देशमा रहेका व्यक्तिहरु आफ्नो जीवन यापनका लागि विभिन्न प्रकारको क्रियाकलापहरुमा संलग्न भइरहेका हुन्छन् । सन्दर्भ वर्षको धेरैे जसो समय वा थोरै समय भए पनि आम्दानी हुने काम गरेको हो, व्यक्तिले गरेको खास काम उसको पेसा हुन्छ । व्यक्तिले नियमित रुपमा गर्ने आर्थिक क्रियाकलापलाई नै पेसा भनिन्छ । विभिन्न व्यक्तिले गर्ने पेसाहरुलाई कार्य प्रकृति, स्वभाव तथा लागि आवश्यक सीप तथा क्षमताको आधारमा मिल्दो जुल्दो पेसाहरुलाई एकै समूहमा पर्ने समुह कृत बनाउन सकिन्छ र यसरी समूहकृत क्रिया कलापहरुलाई पेसा वर्गीकरण भनिन्छ । यसले गर्दा विभिन्न आर्थिक क्रिया कलापहरुलाई संलग्न जनसंख्याको विश्लेषणात्मक अध्ययन गर्न निकै सजिलो हुन्छ । यसले योजनाकार तथयाङकविद् तथा अन्य अनुसन्धान कर्ताहरुलाई सहयोग पुग्छ । विभिन्न व्यक्तिले गरेको विभिन्न काम अनुसार उनीहरुको पेसा पनि फरक हुन्छ । विभिन्न तहमा रही गरेको कामको प्रकृति अनुसार पेसा वर्गीकरण गरिन्छ ।

सन्दर्भ अवधिमा धेरै समय गरेको कामको प्रकृति र विवरण अनुसार पेसाको वर्गीकरण गरेको हुन्छ । सन्दर्भ अवधिमा कुनै व्यक्ति कामको खोजीमा मात्र लागेको भए त्यस्ता व्यक्तिको विषयमा उसले पहिले गरेको कामका आधारमा पेसा निर्धारण गनुृपर्ने हुन्छ । जुनसुकै व्यवसाय भए पनि सम्बन्धित व्यक्तिले सम्पदा गर्ने खास कामका आधारमा पेसा छुट्याइएको हुन्छ र वर्गीकरण गरिन्छ । देशको जनशक्तिलाई नयाँ प्रविधि र बजार सुहाउँदो गुणस्तर र सीप युक्त बनाई स्वदेश तथा अन्तराष्ट्रिय बजारमा रोजगारीमा अवसरहरु प्रवर्धन गर्ने आजको प्रमुख आवश्यकता हो । बेरोजगारी घटाउन रोजगार दाता र कामदारको हितमा सामञ्जस्यतालाई औद्योगिक सम्बन्धमा सुधार र लगानी मैत्री वातावरण कायम गर्नुका साथै राज्य श्रमजीवि कामदारहरुको आधारभूत हक अधिकारको संरक्षण तथा सुरक्षित कार्य व्यवस्थालाई प्रवर्धन गर्दै उत्पादन र उत्पादकत्वको वृद्धिका साथै श्रम, कानून र प्रशासनलाई सक्षम र समय सापेक्ष बनाउनु पर्ने भएको छ । मानव संसाधनको रोजगारमा वृद्धि गरी क्षमता न्यूनताका कारणबाट लाभान्वित हुन नसकेका युवा, महिला, मघेसी, जनजाति, अपाङ्ग, दलित, द्वन्द्वबाट प्रभावित एवं सीमान्तकृत समुदायहरुलाई समेत स्वदेश एवं नेपाल सरकारले लिने उल्लेख गरिएको छ । नेपाल वा बिश्वकाअधिकाँस विकासोन्मुखमुलुकहरुका बेरोजगारहरु वैदेशिक रोजगारका रुपमा बढी जाने गरिएको देखिन्छ ।

मलेशीया, कतार, दुबई लगायतका खाडी मुलुक लगायतमा ५० लाख भन्दा बढी नेपाली कामदार आप्रवासी कामदार रुपमा विभिन्न देशमा कार्यरत रहेको तथ्यांकले देखाउँछ । यस्ता देशहरु मध्ये ९० प्रतिशत कामदार अदक्ष कामदारका रुपमा मात्रै जाने गरेको छ र केवल २ प्रतिशत दक्ष, २३ प्रतिशत अर्घदक्ष कामदारका रुपमा वैदेशिक रोजगारका लागि जार्ने गरेको तथ्य देख्न सकिन्छ । त्यसैगरी विभिन्न अध्ययन अनुसार आप्रवासी कामदारको वास्तविक तथ्यांक अध्यावधिक नभएको र छिमेकी देश भारतको बाटो हुँदै अवैध रुपमा वैदेशिक रोजगार सम्म जाने कामदारको संख्या अत्याधिक रहेका अनुमान गरिन्छ । औपचारिक र अनौपचारिक रुपमा गरी अहिले करिब ३० लाख नेपाली युवा विदेशी भूमिमा आफ्नो पसिना चुहाई रहेका छन् । विदेशमा बस्नेहरुको पसिनाले साटिरहेको रेमिट्यान्सले नेपाली अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत भन्दा बढी योगदान गरिरहेको छ । तर नेपाली युवाहरु विदेशमा कस्तो नियति भोगिरहेको छन्, त्यो उनीहरुलाई नै थाहा छ । सरकारका लागि चासोको विषय बनिरहेको भएपनि उनीहरुलाई महत्व दिएको देखिदैन । अन्तराष्ट्रिय रोजगाार बजारमा सबै भन्दा तल्लो तहमा रहि दुःखपूर्ण काम सम्भवत नेपाली कामदारले गरिरहेको छन् । बेरोजगारी समस्या मुलुक, समाज वा व्यक्ति कसैलाई पनि राम्रो होइन ।

वर्तमान समयमा कोरोना संक्रमणका कारण विश्वमा ५० लाखभन्दा बढी विकसित देशमा समेत बेरोगारहरुको संख्या बढिरहेको अवस्थामा नेपालमा पनि रेमिट्यान्स घट्ने सम्भावना बढ्दै गएको छ भने अर्कोसतर नेपालमा बेरोजगारी समस्या बढेमा बाध्यताका कारण पनि आत्मानिर्भर हुने अवशर मिल्ने सम्भावना पनि बलियो नै रहेको छ ।