अन्तर्राष्ट्रिय

पाकिस्तानमा ८ क्रुसहित ९९ जना यात्रु सवार बिशेष बिमान र्दुघटना

९ जेठ, ईस्लामाबाद । पािकस्तानमा ९१ जना यात्रु र ८ जना क्रु मेम्बर बोकेर लाहुरबाट कराँची हिँडेको बिमान दुर्घटना भएके समाचार छ । ईदको अवशरमा बिशेष बिमानको ब्यवस्था गरी उक्त स्थानतर्फ गएको बिमान दुर्घटना भएको एजेन्सीहरुले बताएका छन् ।

१० देखी १२ बर्ष पुरानो भनिएको उक्त पीएआईको ए ३२० नम्बरको बिमान दुर्घटना हुँदा धेरै घरहरुमा क्षती पुगेको अधिकारीहरुले बताएको बीबीसीले बताएको छ ।

कराँची एयरपोर्टमा ल्याण्ड गर्ने समयमा भएको बिमान दुर्घटना सरीकारी बिमान भएको बताईएको छ ।

पाकिस्तानमा २८ जुलाई २०१० मा भएको दुर्घटनामा १५२ मानिसको मृतयु भएका थियो भने २० अप्रील २०१२ मा भएको दुर्घटनामा १२७ यात्रुको निधन भएको थियो ।

यस अघि ८० भन्दा बढी बिमान दुर्घटना भएक र एक हजार भन्दा बढिको निधन भएको जनाईएको छ ।