पु.समाचार

आज थपीए २० जना कोरोना संक्रमित, पुग्यो नेपालमा जम्मा ५०७ जनाको संख्या

९ जेठ, काठमाडौं । आज थप २० जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

आज डडेलधुरा र बैतडीमा एक एकजना कोरोना संक्रमीतथ थपिएका छन् ।

त्यस्तै बँँकेमा १४ जना अनि मोरङमा एकजनालाई कोरोना लागेको मन्त्रालयले जनाएको छ । त्यस्तै कैलालीमा ३ जनालाई कोरोना संक्रमण भएको छ ।

आज बिहानमात्र ३० जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । नेपालमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या ५०७ पुगेको छ ।