राजनीति

गगनको चेतावनीः अझै समय छ टेस्ट र ट्रेसमा सुधार गरौँ नत्र स्थिति भयावह हुन्छ

९ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले मैतिदेबी क्षेत्रमा कोरोना संक्रमणको परीक्षण देखेर आफू तर्सिएको बताएका छन् । उनले स्वास्थ्यमन्त्रीज्यू, सुरुदेखि मैले उठाउँदै आएको यो विषय गम्भीरतापूर्वक लिनुभएन भन्दै सरकारसँग आक्रोश पोखेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का साँसद समेत रहेका पुर्ब स्वास्थ्य मन्त्री थापाले भने, ‘मेरो क्षेत्रको कपन, नक्साल तथा मैतीदेवीमा कोरोनाको पोजेटिभ केसको कन्ट्याक्ट् ट्रेसिङको प्रक्रिया पछ्याउँदै गर्दा यसको गति र तरिका देखेर तर्सिएको छु।’ उनले सरकारलाई चेतावनी दिँदै भने, ‘अझै समय छ टेस्ट र ट्रेसमा सुधार गरौँ नत्र स्थिति भयावह हुन्छ।’

उनले लेखेको स्टाटस्ः मेरो क्षेत्रको कपन, नक्साल तथा मैतीदेवीमा कोरोनाको पोजेटिभ केसको कन्ट्याक्ट् ट्रेसिङको प्रक्रिया पछ्याउँदै गर्दा यसको गति र तरिका देखेर तर्सिएको छु। स्वास्थ्यमन्त्रीज्यू, सुरुदेखि मैले उठाउँदै आएको यो विषय गम्भीरतापूर्वक लिनुभएन। अझै समय छ टेस्ट र ट्रेसमा सुधार गरौँ नत्र स्थिति भयावह हुन्छ।