समाचार

कोरोनाको कारण मृत्यु भएका व्यक्तिको शव २४ घण्टादेखी अस्पतालमै

९ जेठ काठमाडौं । कोरोनाका कारण मृत्यु भएका पुरुषको शव विगत २४ घण्टादेखी अस्पतालमै रहेको छ । कोरोना संक्रमण देखिएपछि रुपन्देहीको क्रिसमश अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका ति पुरुषको शव अँझै अस्पतालबाट उठेको छैन ।

मृतकका परिवारले जेठ ५ गते कोरोना देखिएपछि अस्पतालले लापरबाहि गरेको र बिरामिले उपचार नै नाएको भन्दै छानबिन गर्नु माग गर्दै शब बुझ्न नजमानेको बताइएको छ । कोरोना पोजेटिभ देखिएपछि आफूहरुलाई तीन दिनसम्म आइसीयूको नजिक जान नदिइएको र विरामीको अवस्थाको बारेमा कुनै जानकारी नदिइएको मृतकका भाईको दाबी छ ।

साथै दाईको ढाडबाट पानि निकालिएपछि दाई बेहोस भएको तर उक्त बारेमा सोध्दा अस्पतालले कुनै जानकारी नदिएको बताएका छन् । जेठ १ गतेदेखि अस्पतालको आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचारर गराइरहेका ४१ वर्षका विरामीलाई बिहीबार बिहान ७ बजे मृत घोषणा गरिएको थियो ।