मनोरञ्जन

महजोडी लगायतका कलाकार उभिए खुलेर मनिषाको पक्षमा

८ जेठ, काठमाडौं । काठमाडौं नेपालका चर्चीत कलाकारहरू नायिका मनिषा कोइरालाको पक्षमा उभिएका छन् । नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नक्सा जारी गरेपछि नायिका कोइरालाले सो निर्णयको समर्थन गरेकी थिइन् ।

सोही विषयलाई लिएर भारतीय मिडिया कोइरालाविरूद्द खनिँदा नेपालका कलाकार भने मनिषाको पक्षमा उभिएका हुन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित कलाकार दिपाश्री निरौला र जितु नेपालले मनिषाको समर्थन गरेका छन् । एक एफएमसँग बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

कलाकार मदनकृष्ण श्रेष्ठले आफु भूगोलको विद्यार्थी भएको भन्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भएको यथेष्ठ प्रमाण रहेको बताए । आध्यात्मिकमा विश्वास गर्ने नरेन्द्र मोदी प्रधानमन्त्री रहेकाबेला नाकाबन्दी गरेको स्मरण गरे । उनले भारतीय मिडियामा बौद्दिकता नभएको भन्दै नायिका कोइरालाले सत्यको पक्षमा बोलेको बताए ।

अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले भारतको मिडिया गाली गर्न र कराउनका लागि संसारकै उदाहरण भएको बताए । मनिषा कोइरालाले देशको पक्षमा जे बोल्नुभएको छ । उहाँलाई धन्यवाद दिनुपर्छ । उहाँले मोह र डर त्यागेर जुन साहस गर्नुभयो । सबै नेपालीले धन्यवाद उहाँलाई धन्यवाद दिनुपर्छ, उनले भने ।

त्यस्तै, अभिनेत्री दिपाश्री निरौलाले नायिका कोइरालाले बोलेर राम्रो काम गरेको भन्दै उनले सराहनीय भएको बताइन् । उनले कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि राष्ट्रवादी अडान राखेको भन्दै उनले प्रशंसा गरिन् ।

अर्का कलाकार जितु नेपालले भारतीय मिडिया देख्दा दया लागेर आएको बताए । नायसका कोइरालको पक्षमा आफुहरू रहेको पनि उनले बताए ।