कृषि

कृषिलाई सबै नेपाली बाँच्ने, बचाउने र नेपालको पहिचान बनाऔं

स्वीकृति पोख्रेल / नेपाल एक कृषि प्रधान देश हो । देशको कुल भ–ुभाग मध्य करिव १८ प्रतिशत भु– भाग कृषि क्षेत्रले ओगटेको छ । नेपाल जल–स्रोतको धनी देश भएर पनि यहाँको कृषि प्रणाली मनसुनमा आधारित छ । नेपालमा ३८ प्रतिशत जमिनमा मात्र सिँचाई सुविधा उपलब्ध छ । अरु बाँकि कृषि योग्य जमिन मनसुनमा आधारित छ । मनसुन राम्रो नभएको खण्डमा कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने जान्छ । नेपालमा कृषकहरुले कृषिलाई जिवन निर्वाहका साधनको रुपमा मात्र लिएका छन् । यसलाई व्यवसायीक रुपमा लिने गरेको पाइदैन । यहाँ कतिपय कृषकहरुलाई वर्ष भरि कृिषको मात्र काम गरिरहे पनि वर्ष भरि खान समेत अभाब भएको पाइन्छ । नेपालमा राम्रोसँग खेती गर्ने व्यवस्था छैन । धेरैजसो ठाँउमा आफ्नो जिवन निर्वाह गर्नका लागि मात्र पनि खेती गरेका छन् । धेरै मात्रामा खाद्यान्न बाली मात्रै उत्पादन गरिन्छ । उत्पादन प्रबिधि पनि पुरानो छ । सरकार वा सरोकारवाला निकायबाट कृषि पेषा अंगाल्ने कृषकहरुका लागि आवश्यक तालिमहरु पनि दिने गरेको पनि पाईँदैन ।

नेपालको कृषि प्रणाली परम्परागत प्रविधिमा आधारित छ । कृषिका लागि कुनै आधुनिक प्रविधिको मेसीन तथा अन्य वीउ, मल, औजारहरुको प्रयोग गरिदैन । जसले गर्दा नेपालमा कृषिको उत्पादनमा ह्रास आएको छ ।नेपालमा जनसंख्या ७० प्रतिशत भन्दा बढि जनसंख्याको कृषि पेशा अंगाल्ने चापलाई कृषिले मात्रै धान्न नसक्ने भएको छ । जनसंख्या सँगसँंगै खाने मुखको पनि विकास हुने हुदा साधारण खेती किसानी गरेर जिवीकोपार्जन गर्ने परिवारका मानिसहरुलाई आफ्नो छोरा छोरी पाल्न, उनीहरुको इच्छा अनुसारको खाना खुवाउन, मौसम अनुकुलको लत्ता कपडा लगााउन, आवश्यक शिक्षा हासिल गर्न पनि गाह्रो हुने गर्दछ । तराई भन्दा हिमाली तथा पहाडी प्रदेशका कृषि जन्य जमिनमा जनघनत्व करिव ३ गुणा भन्दा बढि छ । खेती योग्य जमिनमा जनसंख्याको चाप बढि हुनाले जमिनमा खण्डीकरण जस्तो गम्भीर समस्या बढेदै गएको छ । कनै ठाँउमा मौसम परिर्वतन भई बाली नास भएकाले कति किसानहरु घाटामा परेका पनि छन् ।
नेपालमा यान्त्रिक विधीबाट खेती गर्ने व्यवस्था नभएकोले श्रममुखी कृषि व्यवस्था छ । तराई क्षेत्रमा भन्दा वढि पहाडी र हिमाली प्रदोशमा मानिसहरु खेती किसानीमा संम्लग्न छन् । तराई क्षेत्रमा भन्दा पहाडमा श्रममा आधारित हुने तरिका छ र श्रमको रुपमा गोरु त्था राँगाहरुलाई प्रयोग गरिने भएकाले सानो भु–भागमा खेतीगर्ने श्रमिकहरुको आवश्यकता पर्दछ । यसले गर्दा त्यो क्षेत्रमा हरेक सामानहरु महङ्गो छ । कतिपय मानिसहरुको कृषि गर्ने भुमि पनि धेरै छ, कृषि सम्वन्धी तालिम पनि छ तर बीउ बीजन खाध तथा मल, किन्नको लागि आर्थिक स्थीती भने कमजोर हुन्छ भने कतिको कृषिको लागि आवश्यक औजार, मेसिन, यातायात, सिँचाइको असुविधाका कारण उर्बर भुमि बाँझै छोड्न कृषकहरु बध्यतामा पर्दछन् ।

नेपालमा कृषिमा संमलग्न श्रमिकहरुको उत्पादकत्व अत्यन्तै न्यून छ । किनकी जति जनसंख्या वृद्धी हुँदैं जान्छ त्यति नै सीमित जमिनमा कृषि कार्य गर्न थाल्दछन्, वा जमिन घट्दछ । त्यस्तै नेपालमा जति जनसंख्या बृद्धि भएपनि कृषि क्षेत्रमा संलग्न हुने मानिसको संख्या भने खासै वृद्धि हुन सकेको छैन । जसले गर्दा कृषि क्षेत्रमा पछौटेपन आउदै गएको पाइन्छ । पहिलेको समयमा नेपालका सबै मानिसहरु अरु कार्यलाइ प्राथमिकता नदिई, कृषि क्षेत्रलाई मात्र प्राथमिकता नदिइ खालि कृषि क्षेत्रलाइ निरन्तर्ता दिने गरिरहेका छन् । कम कमाई हुने कारणले अहिलेका मानिसहरु कृषि क्षेत्रमा काम गर्दा इज्जत जान्छ भन्ने गर्दछन्, पहिलेको मानिसहरु प्रायः कृषि पेषालाई मात्र निरन्तरता दिई आफ्नो जिवन निर्वाह गर्ने, वाल बच्चा पालन पोष्ण गर्ने वालबवलीकाको उपचार गर्ने, शिक्षा दिने लत्ता कपडा किन्ने लगायत सबै व्यवहार टार्ने गर्दथे ।

कृषि क्षेत्र अन्नबाली लगाउनुमात्र नभएर पशु पलनको पनि उत्तिकै महत्व छ । पशुपालनको पनि आर्थिक विकासमा ठुलो भुमिका रहेको हुन्छ ।पशुको जिविको पार्जनको लागि कृषि, कृषिको बिकासको लागि पशुको आवश्यक पर्ने गरेको पाइन्छ । पशुको मल अन्नबाली उत्पादनमा उपयोग भई धेरै उत्पादन हुन्छ । नेपालमा उत्पादन हुने जस्तैः धान गहुँ, मकै, जौँ, डाले घाँस, बुट्यान आदी पशुले खाने गरेको पाइन्छ, त्यसैले उत्पादन र पशुपक्षी वीच धनिष्ट सम्बन्ध रहेको पाइन्छ । कति ठाँउहरुमा आर्थिक स्तर सुधार्नका लागि कुखुरा, खसी, राँगा, माछा, आदि पाल्ने गर्दछन् । जसले व्यावशायीक नगरेर परम्परागत कृषिमा संलग्न हुन्छ त्यसलाई कहिलेकाँही बिहान बेलुकाको छाक टार्नपनि मुस्किल पर्ने गर्दछ ।

नेपालमा कृषकहरुले गरेको उत्पादनको पुर्ति गर्न बजारहरुको पनि राम्रो व्यबस्था छैन । बजारको राम्रो ब्यवस्था नभएका कारण उत्पादिन दुध सडकमा पोखेका समाचार, उत्पादित टमाटर, बन्दाकोबी लगायतका चीज फालेका उदाहरण कहिलेकाँही कृषकहरु दुःखी भएका घटना सुन्नु पनि नौलो भएको छैन । यसका अलवा उपयुक्त मुल्य नपाउने भएकाले पनि कृषिमा नैरास्यता छाएको छ । यसरी कृषि बजारको विकासको लागि जति कार्य गर्नु पर्ने हो त्यती हुन सकेको छैन । कृषकहरुलाई उत्पादनका लागि प्रोत्साहन गर्न उनीहरुको उत्पादित वस्तुले राम्रो बजार मुल्य नपाउनाले कृषिका विकासको लागि बाधा आउन थालेको छ । यहाँ एकातिर यातायातको असुविधा छ भने अर्को तिर खाद्यान्न भण्डारको सुविधा छैन । ग्रमिण कृषकहरुले विभिन्न प्रकारका असुबिधाहरु भोग्नु परिरहेको छ । जस्तै समयमा सामान विक्री नभएमा सामान विग्रने, सड्ने जस्ता समस्याहरु आउने गर्दछन् । सरकारले कतिपय योजनाहश्र ल्याएर कृषि क्षेत्र सुधार्ने भनिएपनि वास्तविक कृषकहरुले सरकारका सुबिधाहरु पउन सकेका छैनन् ।

यस्ता कृषि नेपालमा सिँचाइको पर्यापत बिकास गर्नु पर्दछ । त्यस्तै नेपालमा भएको तीब्र जनसंख्याको नियन्त्रण गर्न ग्रमिण क्षेत्रका मानिसहरुलाई जनचेतना दिनुपर्दछ । कृषिको उत्पादनगर्नका लागि राम्रो उन्नत बीउ र मलको व्यबस्था गर्नु पर्दछ । कृषि क्षेत्रको लागि आवश्यक पर्ने ऋण सुविधाको पर्याप्त मात्रामा उपलव्ध गराउनु पर्दछ । नेपालमा वैज्ञानिक तरिकाले खेति गर्नु पर्दछ । कृषि विकासको समस्याको रुपमा रहेको कृषि बजारको अभाबलाई हटाउनका लागि उप्युक्त बजारको विकास गर्नुपर्दछ । कस्तो ठाँउमा कुन बाली लगाउने, कुन मौसममा कुन तरकारी तथा अन्य अन्नको खेती गर्ने, कस्तो खाद्य तथा मलको प्रयोग गर्ने भन्ने जानकारी पाउनका लागि कृषि अनुसन्धानको व्यवस्था गर्ने कार्य गर्नु अत्यन्तै जरुरी छ । ग्रमिण क्षेत्रमा कृषिको उत्पादनको पुर्ति गर्नका लागि यातायात तथा सञ्चारको विकास गर्ने, कृषि क्षेत्रमा पुर्ण बिकास हुदै आइ मानिसहरु बिदेशीन बाध्य भएका छन् । विदेश गएकालाई नेपाल फर्काउने, नेपालमा भएका यु्वाहरुलाई विदेश जान नदिने, कोरोना संक्रमणका कारण बेरोजगारी भएका लागि रोजगार श्रृजना गर्ने उपयुक्त माद्यम कृषि हो, यसलाई सरकारले बैज्ञानिक बनाउँदै औद्योगीकरण गर्नेतिर जानुपर्दछ । मुलुकलाई कृषि प्रधान देश भन्ने मात्र होईन व्यवहारमा नै लागू गारौं । कृषिलाई माया गरौं, सबै नेपाली बाच्ने र संकटबाट बचाउने अनि नेपालको आयको मुख्य पहिचान बनाउन लागी परौं ।