पर्यटन/संस्कृति

हिन्दू धर्म नै विश्वको उत्कृष्ट र वैज्ञानिक

नेहा थापा / करिब पाचँ हजार वर्ष अघिदेखी वर्तमान समयसम्म निरन्तर रुपमा अस्तित्वमा रहँदै आएको विश्वको सबै भन्दा पुरानो धर्मको रुपमा हिन्दु धर्मलाई लिईन्छ । आत्मालाई अबिनाशी मान्ने मनुष्य जगतको पुनःजन्मप्रति विश्वास तथा जातीय व्यवस्थामा आवद्ध अलौकिक विश्वासमा आधारित दर्शन नै हिन्दुवाद हो । हिन्दु धर्म बहुईश्वरवादमा आधारित धर्म हो । जहाँ विभिन्न ईश्वरका स्वरुप प्रति मानिसहरु विश्वास गर्दछन् । विभिन्न सम्प्रदायहरु यस धर्ममा आवद्ध रहि परम्परा देखी यस धार्मिक विश्वासलाई अविछिन्न रुपमा अगाडी बढाएको पाइन्छ । बिश्व परिभेषमा हेर्ने हो भने विशेष गरि भारत र नेपालमा बहुसंख्यक हिन्दुहरु रहेका छन् ।

अल्पसंख्यक रुपमा पाकिस्तान, वगलादेश, ईन्डोनेशिया र दक्षिण अफ्रिकामा पनि धेरै हिन्दुहरु छन् । यो धर्म पूर्ण रुपमा वैदिक परम्परा, विश्वास र दर्शनका आधारमा चलेको छ । वर्ण व्यवस्थामा आधारित यस धर्ममा जाती व्यवस्थाको संरचना र सामाजिक सम्बन्धको प्रारुप निकै गहिरो रुपमा समाजसगँ जोडिएको छ । स्वर्ग, नर्क, मोक्ष, मुक्ति, शुद्ध, अशुद्ध जस्ता पक्षहरु यस धर्मसगँ निकै सरोकारित छन् । यसैगरि यस धर्ममा ब्रम्हाचार्य आश्रम, गृहस्था आश्रम, वानप्रस्थाश्रम र सन्यास आश्रम गरी चार आश्रमको व्यबख्या गरि समाजमा व्यक्तिको व्यवहार, कार्य र भूमिको व्याख्या गरिएको छ । हिन्दु धर्म बहुईश्वरवादी धर्म भएका कारण विभिन्न शक्तिका स्वरुपहरुलाई आधार बनाएर यस धर्मको व्याख्या यसप्रति आरधना र सम्पुर्ण भाव अभिव्यक्त गर्ने परिपाटी पनि देखिन्छ ।
मूल धर्म हिन्दु नै भए पनि विभिन्न सम्प्रदाय अन्तर्गतका विभिन्न मान्यता, सामाजिक, सास्कृतिक व्यवहार क्रियाकलापका हिन्दु धर्ममा मुल रुपमा तीन वटा सम्प्रदायहरु रहेका छन् । जस्तै: वैष्णव सम्प्रदाय, शैव सम्प्रदाय, शाक्त सम्प्रदाय । हिन्दु धर्ममा रहेर गरिने जन्म मृत्यु संस्कारको प्रणाली र यसको विशिष्टपनलाई मान्न सकिन्छ । मानिस जन्मिएपछि उसको मृत्यु नहुन्जेल गरिने क्रियाकलापहरुलाई संस्कार मान्न सकिन्छ । मानिसले सम्पन्न गर्ने विशिष्ट मान्यता, नियम, बिधि विधान र प्रचलनहरु हिन्दू धर्ममा प्रशस्त पाईन्छ ।

हिन्दु धर्म पुर्ण रुपमा शास्त्रमा आधारित भएको हुन्छन् । यस्ता संस्कारहरु नगरिए सम्म मानिसले सामाजिक पूर्णत प्राप्त गर्न सक्दैन । जन्म अगावै देखि जन्मलाई सुरक्षित, भाग्य बानी र इच्छा अनुरुपको होस भनेर विभिन्न पूजा–आजा गरिन्छ । यो पनि एउटा संस्कार नै हो । हिन्दू धर्म र संस्कृति अनुसार गर्भाधारणमा पुत्रको अभिलासा गर्दै पूशवन संस्कार र गर्भको बच्चा स्वरुप होस भनेर सिमन्तोनयन संस्कार गरिन्छ । यो संस्कार गर्भ रहेको करिव आठौं महिनामा गरिन्छ । बच्चा जन्मदा पनि वेद उच्चारण गर्ने र सफल आगमनका लागि ईश्वरसगँ प्रार्थना गरिन्छ । बच्चा जन्मिए पछि एघारौं दिनका दिन नामकरण गर्ने गरिन्छ । वैदिक शास्त्र अनुसार पूरोहितले जन्मिने बित्तिकैको बच्चाको नामाकरण गर्दछन् । बच्चा बच्ची ६ महिनाको भए पछि अन्न प्रासन वा पास्नी गरिन्छ । यस दिन भात, तरकारी, दाल लगायत दहि, मह, घ्यु मिलाई राम्रो दिन ( साईत)पारी बदोच्चारण सहित बच्चाको मुखमा अन्न खुवाइँन्छ । यस पछि बच्चाको कपाल काट्ने दिन सहित राम्रो हेरेर सम्भव भए सम्म मामा वा मामली पक्षकाले बच्चाको कपाल मुण्डन गर्नु पर्दछ । यसलाई चुडाकर्म वा छेवर भनिन्छ । यसमा सामान्यता विजोर वर्ष पार्ने प्रचालन छ । यसै गरी ६ महिना देखि दुई चार वर्ष वीचमा बच्चाको कान छेड्ने कार्य गरिन्छ । यस्तो कान छेड्दा श्री पञ्चमी तिथीमा पार्ने प्रचलन छ । यसै गरी बच्चा चार वर्ष लागे पछि गुरुको हातले उसलाई अक्षर सिकाउने वा स्कुलको लागि तयारी गर्ने प्रचलन छ ।

हिन्दु धर्ममा गरिने अर्को संस्कार हो उपनयन वा ब्रतबन्ध बिशेषगरी ब्राम्हण, क्षत्री, ठकुरीहरुमा गरिने यो संस्कार गुरुको आश्रममा गई विद्या, लिएर आउने प्रचलनसगँ सम्बन्धित छ । यसै गरी ब्रतबन्धले मानिसको सामाजिक स्तर बन्छ । ब्रतबन्ध पछि निश्चित साँस्कृतिक, सामाजिक, धार्मिक नियममा रहनु पर्दछ । एउटा पूर्ण मानिस बन्नका लागि ब्रतबन्ध संस्कारलाई अनिवार्य मानिन्छ । ब्रतबन्धमा पुरुषलाई जनै लगाईदिने चलन छ । जनै ६वटा सेतो डोरोको हुन्छ। हिन्दु धार्मिक बसाल्नु सन्तान प्राप्त गरी वंशलाई निरन्तरता दिनु, पितृ, ऋण, तीन एव सामाजिक आदर्श पुरा गर्नका लागि विवाह गर्ने गरिन्छ । विवाहलाई वैद्धिक विधि र परम्परा अनुसार सम्पन्न गरिन्छ । नियमानुसार आफ्ना गोत्र भित्र, मावली, अन्तरजातीय नपर्ने गरी एउटा जात भित्र विवाह गर्न सकिन्छ । विवाहबाट नै मोक्ष प्राप्तिलाई बाटो खुला हुन्छ भनिन्छ । अन्तिम संस्कारका रुपमा मृत्यु संस्कारलाई लिन सकिन्छ । मृत्यु हुर्दा वैद्धिक परम्परा अनुसार आर्य घाटमा लैजानु, जलाउनु १३ दिन सम्म क्रिया बस्नु, एक वर्ष सम्म बरखी गर्नु यसैसगँ जोडिएका अन्य संस्कारहरु हुन् । यसै गरी आफ्ना पितृको सम्झनाको लागि वार्षिक श्राद्धमा पुरेहीतलाई बोलाएर दान तर्पण गर्ने गरिन्छ । यसका साथ वर्षमा एक पटक वार्षिक र अर्को एक पटक सोह्र श्राद्ध गर्ने प्रचलन पनि हिन्दु संस्कारका पाइन्छ ।

हिन्दु धर्ममा दशैँ तिहार, रक्षा बन्धन, एकादशी श्रीकृष्ण जन्माष्टामी, तीज, माघेसत्रान्ति, फागु पूर्णमा, शिवरात्री, मातातिर्थ औंसी,चैत दशंै जस्ता विभिन्न चाडपर्वहरु मनाइन्छ । यी प्रत्येक चाडपर्वहरु हिन्दु धर्म र सस्कृति अनुसार नै सम्पन्न गरिएका हुन्छन् । दशैं र तिहार जस्ता चाडपर्वहरु हिन्दुहरुको लागि सबै भन्दा ठुला चाड पर्व हुन् । दशैंमा नौ दिन सम्म शक्तिकी प्रतिक नवदुर्गाको उपसना गरी दशौं दिन आफु भन्दा मान्नु पर्ने व्यक्तिका हातबाट टीका लगाउने र आशिर्वाद लिने गरिन्छ । यस वीचमा विभिन्न शक्ति पीठहरुको पूजा गरिएको हुन्छ । जातीय परम्परा अनुसार त्यहाँ बोका, राँगा लगायत पशु बलि समेत चढाइन्छ । आफन्तहरुबीच भेटघाट गर्ने र सम्बन्ध बढाउने कार्य यसै पर्वबाट हुन्छ । नहुनेले पनि राम्रो लगाउने र मीठो मिठो खाने चाडका रुपमा लिइन्छ । तिहारमा दिदी बहिनीका हातबाट दाजुभाईले टीका थाप्दछन् । यस दिनमा टाढाँ बस्ने दाजु भाईहरु सबै जना भेला भई दिदी–बहिनीको हातबाट टीका लगाउने गर्दछन् । यी उल्लेख गरेका सबै चाडपर्व वैदिक परम्परा र मान्यता अनुसार सम्पन्न गरिएको हुन्छन् ।

यिनै चाडपर्वहरुले नेपाली हिन्दु संस्कारलाई क्रियाशील गराई राखेको छ । धर्मले मानिसलाई अनुसाशित बनाईरहेको हुन्छ, परम्परा चाडबाडले मानिसलाई ब्यस्त बनाउँदछ । हिन्द्यू धर्मलाई बैज्ञानिक धर्मका रुपमा लिने गरिन्छ । धर्म मान्नु राम्रो हो । हिन्दू धर्ममा आस्था राख्ने नेपालकी छोरी हुनुमा गर्व गर्नुपर्छ वा आफ्नो धर्म परम्परालाई माया गर्नु, अनि आत्मासात गर्नु कर्तब्य ठान्नुपर्दछ। हिन्दू धर्म नै विश्वको उत्कृष्ट र वैज्ञानिक छ । पछिल्लो समयमा धर्मप्रति बिकृत देखिन्छ, त्यो गलत हो ।