पु.समाचार

राजेश भन्छन्: दुईमत छैन, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै हो (भिडियोसहित)

ईटहरी । नेपालमा यतिबेला कोरोनाको त्रास फैलिरहेको बेलामा सिमा बिवाद पनि उत्कर्षमा पुगेको छ । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितको नया नक्सा तथा क्षेत्रफल सार्बजनिक गरेपस्चात यो बिवादले उच्च रुप लिएको हो ।

यता नेपाली मुलकी भारतिय अभिनेत्री मनिषा कोईरालाले नेपालको पक्षमा बोल्दा उनको नेपालमा वाहवाही भैरहेको छ तर, भारतिय मिडियाहरुले भने उनको खेदो खनिरहेको छ । यस्तैमा महानायक राजेश हमालले पनि यो बिषयमा आफ्नो अभिव्यक्ति सार्बजनिक गरेका छन् ।

उनले आफ्नो फेसबुकमा सार्बजनिक गरेको सो भिडियोमा ‘छिमेकी भारतको गतिविधिले मलाई मर्माहत बनाएको छ । ईतिहास साक्षी छ, लिम्पुयाधुरा, कालापानी तथा लिपुलेक नेपालकै भूभाग हो । भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन् । हाम्रो पूर्खाहरुले बहादुरीका साथ लड्नुको एउटै उद्देश्य आफ्नो देशको स्वतन्त्रता र सार्वभौमसक्तालाई अक्षुण्ण राख्नु थियो । यसकारण सम्पूर्ण नेपाली जनताले आफ्नो देशको सिमा सम्बन्धमा कसैंगँपनि सम्झौता गर्दैन ।’ भनेका छन् । अन्तमा उनले सिमानाको समस्यालाई भारतले ईतिहास, तथ्यांक तथा प्रमाणको आधार हेरेर कुटनीतिक तवरमा समस्या समाधान गर्न पनि अनुरोध गरेका छन् ।