सामाजिक सञ्जाल

अपांग, असहाय तथा एकल महिलाको भत्ता रोक्का गर्ने निर्णय आपत्तीजनकः अध्यक्ष थापा

८ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्षमुनिका असहाय एकल महिलालाई दिँदै आइएको सामाजिक सुरक्षा भत्ता रोक्का गर्ने सरकारको निर्णय आपत्तिजनक भएको बताएका छन् ।

पुर्ब उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले उक्त कार्य तत्काल सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण समेत गराएका छन् ।

अध्यक्ष थापा भन्छन्ः अतिअशक्त अपांगता भएका व्यक्ति र ६० वर्षमुनिका असहाय एकल महिलालाई दिँदै आइएको सामाजिक सुरक्षा भत्ता रोक्का गर्ने सरकारको निर्णय आपत्तिजनक छ। तुरुन्त सच्याउन सरकारसंग आग्रह गर्दछु @kpsharmaoli