प्रवास

लिपुलेकमा भारतले सडक बनाएर उद्घाटन गरेकोमा विदेश स्थीत तीन संस्थाले जनाए बिरोध

८ जेठ काठमाडौं । विदेश स्थीत तिन संस्थाले लिपुलेकमा भारतले सडक बनाएर उद्घाटन गरेकोमा बिरोध जनाएका छन् ।

नेपाली समाज पाईस भाष्को, एनआरएन क्षेत्रिय कमिटि पाईस भाष्को र नेपाली सोसियो कल्तुराल एसोशिएसनले संयुक्त विज्ञप्ति जारी गर्दै भारतको उक्त कार्यले नेपालको स्वाधिनतामाथि ठाडो हस्तक्षप भएको र एउटा सानो राष्ट र छिमेकीमाथिको हेपाहा प्रवृति भएको जनाएका छन् ।

नेपालको सार्वभौमिकता स्वाधिनताको सम्मान गर्न राजदुतद्वारा ध्यानाकर्शण गराउँदै उक्त समस्यालाई कुटनीतिक तबरले समाधान गर्न सम्पुण नेपाली समुदाय लगायत ओली सरकारलाई आग्रह गरेका छन् ।

साथै माहाकाली नदि पुर्ब भु-भाग कालापानीबाट भारतीय शैनिक फिर्ता हुनुपर्ने र लिपुलेक एवं लिम्पियाधुरासम्मको नेपाली भू-मिमा नेपालको अधिकार निर्वाध हुनुपर्ने सम्पुर्ण नेपालीको माग भएको बताएका छन् ।