पु.समाचार

बुधबार कोरोनाका कारण निधनको हल्ला चलेका ४१ बर्षीया पुरुषको अन्ततोगत्वा भयो निधन

८ जेठ, काठमाडौ । नेपालमा कोरोना सँक्रमणबाट तेस्रो ब्यक्तीको आज बिहान ८.१० बजे निधन भएको छ । प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य माहासाखा प्रमुख डा उमाकान्त चौधरीले उक्त कुरा पुष्टी गरेको समाचार आईरहेका छन् ।

यस अघि २९ बर्षीया महिला र २५ बर्षीया पुरुषमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

गुल्मी मदाने गाउँपालीका ६ निवासी ४१ बर्षीया पुरुषको बुधबार बिहान कोरोना संक्रमणका कारण निधन भएको उपचानर भईरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले पुष्टी गरेको छ । बुधबार आज निधन भएको निधन भएको हल्ला चलेपछि अस्पतालले बिरामी अस्पतालमा नै भएको र उनको मृत्यु नभएको बताएको थियो ।

नेपालमा केहीबेर अगाडीमात्र १७ जना संक्रमीतहरु बढेका छन्, संक्रमीतको संख्या जम्मा ४४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमीतहरु बढ्ने क्रम जारी भएको बेला मृतकको सख्या पनि बढेको बढ्यै छ । अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका–६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको निधन भएको छ । उनको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः१० बजे निधन भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पुष्टि गरे । प्रमुख चौधरीका अनुसार टाइफाइड, कमलपित्त र मिर्गौला रोगले ग्रस्त रहनुभएका उनको आठ दिनदेखि भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार गरिएको थियो ।
यसअघि सोमबार र मंगलबार विभिन्न मिडियामा संक्रमितको मृत्यु भएको गलत समाचार सम्प्रेषण भएपछि अस्पतालले विज्ञप्तिमार्फत अवस्था गम्भीर रहेको जानकारी गराएको थियो । बिरामी अस्पताल भर्ना हुँदा नै स्वास्थ्यावस्था गम्भीर रहेकाले बाहिर अनावश्यक हल्ला आएको हुन सक्ने महाशाखा प्रमुख चौधरीले बताए । मदानेबासीका अनुसार बन्दाबन्दी पनि धेरै हिँडडुल गरेका कारण उहाँमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनी गत वैशाख ४ गते मालिका गाउँपालिका ६ अर्जैमा एक विवाह कार्यक्रममा गएका थिए । यस्तै वैशाख २० गते धुर्कोट गाउँपालिका –७ वाग्लास्थित मानचौर तालमा घुम्न जानुभएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले बताए ।


वैशाख २८ गते साँझदेखि टाउको दुख्ने ज्वरो आउने समस्या भएपछि वैशाख २९ गते उनी पुर्कोटस्थित एक पोलिक्लिनिकमा उपचारका लागि गएका थिए। दुई दिनसम्म औषधि खाई आराम गरेर वैशाख ३१ गते पुनःक्लिनिकमा रगत जाँचका लागि गभएका उनमा कमलपित्त समस्या देखिएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा सिफारिस गरिएको क्लिनिकका सञ्चालक विष्णु भुसालले बताए । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि क्रिमसन अस्पतालमा लगिएको थियो ।
जेठ १ गते एम्बुलेन्समार्फत क्रिमसन अस्पतालमा आउनुभएका उनको कोरोनाको आशंकामा स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि २ गते प्रदेश प्रयोगशालामा पठाइएको हो । उनको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने तीन जना पुगेका छन् ।


सामाजिक विकासमन्त्रीद्वारा दुःख व्यक्त
सामाजिक विकासमन्त्री सुदर्शन बरालले अस्पतालमा उपचाररत गुल्मी मदानेका कोरोना संक्रमितको निधनप्रति दुःख व्यक्त गरेका छन् । मन्त्री बरालले आज शोक विज्ञप्ति जारी गरी अनेकौंँ प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको जनाउँदै मृतकप्रति श्रद्धाञ्जति अर्पण गरेका छन् । एक विद्यालयका प्रधानाध्यापक उनको निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको जनाउँदै मन्त्री बरालले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।