कर्णाली प्रदेश

सङ्क्रमितको उपचार गर्न सामाजिक विकासमन्त्रीको निर्देशन

दैलेख, ८ जेठ । आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनको अवस्था बुझ्न कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल यहाँ आईपुगेका छन् ।

मन्त्री रावलसहित स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रीता भण्डारी जोशीको टोली बुधबार यहाँ आई जिल्ला स्वास्थ्य कार्यालयमा छलफल गरेर सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने सबै तयारी गर्न निर्देशन दिएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

सो अवसरमा मन्त्री रावलले सङ्क्रमित युवकलाई भेटेर आत्मबल बलियो बनाएर बस्न र कोरोनालाई जित्न हौसला दिन आफू यहाँ आएको बताए ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले सङ्क्रमणसँगै जिल्लाका लागि आवश्यक पर्ने औषधि र स्वास्थ्य सामग्री व्यवस्था गर्न सामाजिक विकासमन्त्रीसँग आग्रह गरेका छन् ।