राजनीति

संकटमा उद्दार ‘मातृभूमिको कर्तव्य’ उद्घोष साथ, `Rescue नेपाली´ एप/ `वेब एप´ सार्वजनिक

७ जेठ, काठमाडौं । नेपाली काँग्रेसले “संकटमा उद्धार मातृभूमिको कर्तव्य“ उद्घोष साथ नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले एक ‘एप’ निर्माण गरेको छ । काँग्रेसले नेपाल समेत ४३ देशबाट आज जेठ ७ गते नेपाली समय अनुसार अपरान्ह ३।०० बजे एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक पनि गरेको छ ।

1,https://play.google.com/store/apps/details…

2,http://www.nepalicongress.org/rescuenepali

नेपालमा सभापति शेरबहादुर देउवाले ट्विटर मार्फत एप सार्वजनिक गरेका छन् । नेपाली जनसम्पर्क समिति रहेका ३५ देशमा सभापति एवं संयोजकहरुले तथा अन्य ७ देशमा सामाजिक भुमिकामा रहेकाहरुसँग सभापति देउवाले समन्वय गरेका थिए ।

समन्वय भएका मुलुकहरुः इजरायल, वेल्जियम, संयुक्त अधिराज्य ९युके० अमेरिका, हङकङ, दक्षिण कोरिया, स्वीटजरलैण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरलैण्ड, जापान, अस्ट्रेलिया, कतार, मलेशिया, युएई, पोल्याण्ड, क्यानाडा, मकाउ, साउदी अरब, बहराईन, कुवेत, नर्वे, न्यूजिलैण्ड, भारत, चीन, फिनल्याण्ड, आयरल्याण्ड, ओमान, फ्रान्स, साईप्रस, स्वीडेन, लक्जेम्वर्ग, बंगलादेश, मालद्विप्स, पाकिस्तान, चेक रिपब्लिक, इराक, रोमानिया र माल्टा रहेको काँग्रेसले जनाएको छ।

‘रेस्क्यु नेपाली’ नामको सो एपको उद्देश्य नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीको हालको स्थिति विवरण सङ्कलन गर्ने रहेको छ । साथै एपले अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्याङक सङ्कलन गर्नेछ । एपले सङ्कलित तथ्याङ्क वर्गीकृत गरेर व्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत व्यवस्थापन र उद्धार गर्न नेपाल सरकारलाई सघाउ र दबाब पु¥याउने लक्ष्य राखेको उनले बताए । एपमा व्यक्ति स्वयंले अथवा निकटस्थ कसैले पनि विवरण भर्न सकिने व्यवस्था गरिएको छ ।

एपमार्फत व्यक्तिको पहिचान र सम्पर्क, राहतको अवस्था, हालको अवस्थामा व्यक्तिगत या पारिवारिक योजना, नेपाल फर्कन चाहनुको कारण, नेपाल फर्कने निश्चित योजना, नेपालको ठेगाना, नेपाल फर्केर कार्य गर्न रुचि या अनुभवको क्षेत्रलगायत विषयका विवरण सङ्कलन गरिने काँग्रेसले जनाएको छ । विश्वव्यापी रूपमा गरिने तथ्याङ्क र विवरणको एक साताको सङ्कलनपश्चात् उद्धार गर्नुपर्ने नेपालीको स्थिति प्राथमिकता वर्गीकरण गरेर नेपाल सरकारसमक्ष रचनात्मक सुझाव र उद्धारको दबाबका साथ प्रस्तुत गरिने प्रवक्ता शर्माले बताउनुभयो । सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स नेपालका पूर्वमहासचिव दिपेश विष्ट नेतृत्वमा शशाङ्क श्री न्यौपाने, अशोक श्रेष्ठ, नारायण जोशी र अमित सोनार सम्मिलित टिमले सो एप निर्माण गरेको हो ।

एपको नामः Rescue नेपाली

एपको उद्देश्यः
१, नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुको हालको स्थिति विवरण संकलन ।
२, अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्यांक संकलन ।

एपको लक्ष्यः
१, संकलित तथ्यांक वर्गीकृत गरेर ब्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत ब्यवस्थापन र उद्दार गर्न नेपाल सरकारलाई सघाउ र दबाब पु¥याउने ।

प्रक्रियाः
१, यो एपझमा ब्यक्ति स्वयंले अथवा निकटस्थ कसैले पनि विवरण भर्न सक्नुहुनेछ ।

एप मार्फत ब्यक्तिको निम्न विवरण संकलन हुनेछ

१, पहिचान र सम्पर्क
क) नाम —
ख) हाल रहेको देश
ग) हाल रहेकोे शहर
घ) सम्पर्क नम्बर

२, राहतको अवस्था
क) दूतावासबाट
ख) NRN बाट
ग) नेजससबाट
घ) अन्य संस्थाबाट ।

३, हालको अवस्थामा ब्यक्तिगत या पारिवारिक योजना
संभव भएसम्म चांडो नेपाल फर्कने चाहना अथवा तत्काल त्यहीँ रहने योजना ।

४, नेपाल फर्कन चाहनुको कारण
क) रोजगारी गुमेकाले
ख) भिसा अवधि सकिएकाले
ग) ‘एमनेस्टी’ पाएकाले
घ) कलेज बन्द भएकोले
ङ) सम्बन्धित सरकारले देश फर्काउन चाहेकाले
च) परिवारका सदस्य भेट्न आउंदा रोकिएकाले
छ) अथवा अन्य कारण …

५, नेपाल फर्कने निश्चित योजना
क) स्थायी रुपमै
ख) स्थिति अनुकुल भएपछि फेरि फिर्ने गरि

६, नेपालको ठेगाना
क) प्रदेश
ख) जिल्ला
ग) स्थानीय तह

७, नेपाल फर्केर कार्य गर्न रुचि या अनुभवको क्षेत्र
क) कृषि उत्पादन
ख) औद्योगिक उत्पादन
ग) ब्यापार र ब्यवसाय
घ) मासु उत्पादन
ङ) प्रविधि क्षेत्र
च) शैक्षिक क्षेत्र
छ) अन्य …

विश्वब्यापी रूपमा गरिने तथ्यांक र विवरणको एक साताको संकलन पश्चात् उद्वार गर्नुपर्ने नेपालीको स्थिति प्राथमिकता वर्गीकरण गरेर नेपाल सरकार समक्ष रचनात्मक सुझाव र उद्दारको दबाबका साथ प्रस्तुत गरिने छ ।

निर्माण टिम—
ई. दिपेश बिष्ट— टिम लिड
(पूर्व महासचिव—सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल)

ई. शशांक श्री न्यौपाने— प्रोजेक्ट म्यानेजर
(पूर्व केन्द्रीय सदस्य—सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल)

अशोक श्रेष्ठ— App Developer
ई नारायण जोशी— App Developer

अमित सोनार
Back End Developer

जय नेपाल !