विचार/ब्लग

पूर्णिका शाहको ६ टिप्पणीः अहिले हुँदै गरेको र अब गर्नु पर्ने बाँकी काम

पूर्णिका शाह/नेपालको नयाँ नक्सालाई अभिनेत्री मनिषा कोइरालाको समर्थन आए संगै भारतमा नेपालीलाई अपमान गर्ने नयाँ तरंग सुरु भएको छ । यसबाट भारतमा रोजगारमा रहेका नेपालीहरु पनि प्रभावित हुन सक्छन ।

चिनसंग मिलेर नेपालले भारत विरुद्ध निउँ खोजेको भन्दै भारतले आपत्ती जनाई सकेको छ । यतिका वर्षसम्म प्रकाशन नगरिएको देशको पुर्ण नक्सा अहिले सरकारले प्रकाशन गरेको छ तर अब गर्नु पर्ने काम अझ धेरै छन् ।

१) राजनैतिक पदमा हुने खर्च कटाई प्रविधी विकासमा लगानी गर्ने ।

२) कुनै पनि बेला नाकाबन्दी हुन सक्छ । अनावश्यक फेशनेबल सामाग्री र विदेशी वस्तु प्रतिको मोह घटाई देशमा आवश्यक खाद्यान्न, औषदी, मेडिकल सामान सहित प्राविधिक वस्तुहरु देश भित्रै उत्पादन गर्ने र यसैमा रोजगारको अवसर सृजना गर्ने ।

३) मुस्ताङ्ग क्षेत्रमा रहेको भनिएको महंगो धातु युरेनियम उत्खनन गरि बिक्री गर्न र देश भित्रै आणविक उर्जाको उपयोग गर्न जापान, रुस, अष्ट्रेलिया आदि विस्वसनीय देश संग सम्भाव्यता अध्ययन गर्ने ।

४) पेट्रोलियम लगाएत सम्भावित खनिज उत्खनन गर्न थप अध्ययन गर्ने ।

५) अहिले जनस्तरमै सुरु भएका प्रविधी विकास र भएका रोबोटिक प्रविधीहरुलाई अझ प्रभावकारी बनाउन यस क्षेत्रमा उदाएका प्रतिभाहरु र महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई समन्वय गर्ने र सामरिक सामाग्रीको उत्पादन सुरु गरि भारतको हेपाहा प्रवृती विरुद्ध कडा रुपमा प्रस्तुत हुने ।

६) यसमा अझै पनि एकताबद्ध जनदबाब आवश्यक भैरहन्छ, सम्पुर्ण नागरिकहरु आ-आफ्नो क्षेत्रबाट लागिरहौँ ।

श्री पशुपतिनाथले सबैको कल्याण गरुन् ।
जय देश , जय जननी