प्रदेश 1

एकजनामा कोरोना पुष्टी भएपछि सुनसरीको बराहक्षेत्रका दुई वडा शील

७ जेठ काठमाडौं । एकजनामा कोरोना संक्रमण देखिएपछि सुनसरीको बराहक्षेत्र नगरपालीका वडा नब्र १० र ११ शील गरिएको नगरपालीकाले जनाएको छ ।

संघीय संरचना भन्दा अगाडी प्रकाशपुर र मधुवन गाविसका रुपमा रहेका उक्त दुई वडामा आवतजावत कडा पारिएको छ ।

आज ७ गतेदेखी लागूहुनेगरी औषधी पसल लगायत अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको बताईएको छ ।

जेठ ६ गगे मंगलबार मधुवनमा एकजनामा कोरोना संक्रमण देखिएपछि उक्त वडाहरु शील गरिएका हुन् । बराहक्षेत्र नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार पोख्रेलले विज्ञप्ती जारी गर्दै वडाहरु शील गरिएको जानकारी दिएका छन ।