खेलकुद

इंग्लिस प्रिमियर लिगका ६ खेलाडीमा कोरोना संक्रमण पुुष्टि

७ जेठ काठमाडौं । एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलका ६ खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परिक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ ।

प्रिमियर लिगले क्लबको प्रशिक्षण सुचारु गर्नु अघि खेलाडीसहित अन्य कर्मचारी गरि कुल ७ सय ४८ जनामा परिक्षण गर्दा ६ जनामा कोरोना देखिएको हो । कोरोना पोजेटिभ देखिएका खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहेको बताईएको छ । उनीहरुको नाम समेत सार्वजनिक गरिएको छैन ।

प्रिमियर लिगले मंगलबारबाट क्लबलाई प्रशिक्षणको अनुमति दिएको छ । कोरोनाको कारण गत मार्चबाट प्रिमियर लिग स्थगित गरिएको छ । तर, प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी गरिएको छ । प्रिमियर लिगका २० क्लबले अब यस सिजन ९२ खेल खेल्न बाँकी रहेको छ ।

यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ ।