साहित्य

जाग …….. अब जाग

               -बीरभद्र आचार्य                                                 -कविता

जाग…….अब जाग
जाग जाग अव भैरव जाग, रूद्र रूप लिई शत्रु संभार
काली रूपमा आमा जाग, जाग जाग नेपाली जाग
जाग……..अब जाग

सभ्यताको प्रतिक मानिने देशहरू नै आज मिलेर
स्यालहरूको झुण्ड सरहभै, निर्धो देशको रगत चुसेर
अक्षुणतामा च्वाँची ठोक्दै, हिँड्छन् आज सभ्य भएर
आउ लडौँ अव देशको बचाऔँ स्वाभिमानको झण्डा गाडौँ

जाग ……..अब जाग, जाग जाग नेपाली जाग
जाग जाग अब भैरव जाग, रूद्र रूप लिई शत्रु संभार
काली रूपमा आमा जाग, जाग जाग नेपाली जाग

मातृ छातीमा बुट बज्रिँदा, रगत बग्छ अब हर धडकनमा
सिँह थियौ तिमी सिँह छदैछौ, चन्द्र सुर्यको झण्डा जाग
फर्काउ काली, गण्डक, कोशी सारा नेपाली एक भएर
यो देशका तिमी सपूत हौ भने असमानताको सन्धी च्यात

जाग……..अब जाग, जाग जाग नेपाली जाग
जाग जाग अब भैरव जाग, रूद्र रूप लिई सत्रु संभार
काली रूपमा आमा जाग, जाग जाग नेपाली जाग