प्रवास

नेवि संघ महामंन्त्री कुवंर अमेरिकामा हिरो अवार्डबाट सम्मानित

७ जेठ काठमाडौं । नेपाल बिद्यार्थी संघ महामंन्त्री महेश्वरी कुवंर हिरो अवार्डबाट सम्मानित भएकी छन् । मानवीय कार्यको क्षेत्रमा अग्रगामी योगदान गरेको भनी नेबी संघ महामंन्त्री तथा पशुपति अन्नपूर्ण आश्रम, नेपाल राष्ट्रीय समिति, पाल्पा जिल्ला शाखाका सभापति महेश्वरी कुवंरलाई अमेरिकामा हिजो अवार्डबाट सम्मानित गरिएको हो ।

महामंन्त्री कुवंरले विभिन्न समयमा पशुपति अन्नपूर्ण आश्रमबाट आफ्नो गृह जिल्ला पाल्पा लगाएत नेपालका बिभिन्न जिल्लामा खाधन् र लुगा कपडा वितरण लगाएत विभिन्न सहयोग गर्ने गर्दछिन्  ।

कुवंरले, कोरोना भाईरसले बिश्वनै आकान्त भईरहेका बेला जनचेतना फैलाउदै, मास्क वितरण, खाधन् वितरण लगायतका विविध उत्कृष्ट सेवादायी काम केही समय अगाडी पनि काठमाण्डौँ र पाल्पा गरेकी थिईन ।