स्वास्थ्य

देशभरका संक्रमीत ब्यवस्थापनको भद्रगोलले क्वारेन्टाइनमै कोरोना सर्ने चिन्ताः अध्यक्ष राणा

६ जेठ, काठमाडौं । राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणाले पिउने पानी, खानेबस्ने, सुत्ने र शौचालयसम्म नभएका क्वारेन्टाइनहरू अस्तव्यस्त भएको बताएका छन् । उनले आफ्नो फेसबुक पेजमा स्टाटस् लेख्दै उपचार, सावधानीको उपाय नभएर क्वारेन्टाइन मान्छे थुन्ने थलो, संक्रमणको माध्यम बन्ने जोखिम बढेको विचार व्यक्त गरेका छन् ।

आमामा संक्रमण हुने, बच्चामा नदेखिने, कसरी? भन्ने प्रश्न, अन्योल जनस्तरमा ब्याप्त भएको भन्दै उनले भनेका छन्, ‘पिउने पानी, खानेबस्ने, सुत्ने र शौचालयसम्म नभएका क्वारेन्टाइनहरू अस्तव्यस्त छन्। कोेठामा भीड कोच्ने गरिएकोले मानिसहरू लुकेर घर सुत्न जान्छन्। यस्तो भद्रगोलले क्वारेन्टाइनमै रोग सर्ने चिन्ता बढेको छ।’

अध्यक्ष राणाको भनाईः सरकार नीति, कार्यक्रमको बिगूल फुक्दैछ, मधेसका क्वारेन्टाइनमा जनता ज्यान गुमाउदैछ। पिउने पानी, खानेबस्ने, सुत्ने र शौचालयसम्म नभएका क्वारेन्टाइनहरू अस्तव्यस्त छन्। कोेठामा भीड कोच्ने गरिएकोले मानिसहरू लुकेर घर सुत्न जान्छन्। यस्तो भद्रगोलले क्वारेन्टाइनमै रोग सर्ने चिन्ता बढेको छ।

उपचार, सावधानीको उपाय नभएर क्वारेन्टाइन मान्छे थुन्ने थलो, संक्रमणको माध्यम बन्ने जोखिम बढेको छ। झण्डै दुईमहिना बन्दाबन्दीका बाबजुद पूर्वतयारी, नीतिगत हस्तक्षेप भएन। क्वारेन्टाइनको बेहाल त्यसैको प्रमाण हो। सरकार पहिले महामारी प्राथमिकतामा राख, अनिमात्र नीति कार्यक्रमको डिंग हाँक।

लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको अभिवाज्य भूमि हो। यसमा विद्यमान राष्ट्रिय सहमति कै बलमा नयाँ नक्सा जारी गर्ने निर्णय सकारात्मक छ। अब कुटनीतिक पहल निरन्तर राखेर नीतिसम्मत निर्णयलाई व्यवहार र भोगचलनको तहमा उपलब्धिमूलक बनाउनु परेको छ। राप्रपा यसको पक्षपाती छ।

कोभिड–१९ का कारण मृत्युवरण गर्ने महिलाको बच्चामा संक्रमण नदेखिनु सुखद समाचार हो। तर, आमामा संक्रमण हुने, बच्चामा नदेखिने, कसरी? भन्ने प्रश्न, अन्योल जनस्तरमा ब्याप्त छ। यो कौतहुलता प्राविधिक रूपमा दुर गर्न गराउन आवश्यक देखिन्छ।