सामाजिक सञ्जाल

प्रधानमन्त्री लिपुलेकको नक्साको ब्याज भजाएर देश बर्बादीतिर लैजाने रणनीतिमा स्पष्टः डा भट्टराई

६ जेठ, काठमाडौं । पुर्ब प्रधानमन्त्री एबम् समाजबादी जनता पार्टीका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने रणनीतिमा रहेको बुझिएको बताएका छन् ।

डा भट्टराईले ट्वीट गर्दै कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखिएको आरोप लगथाएका छन् । आज प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा नेपालको नयाँ नक्सा बनाएको बारेमा बोल्ने क्रममा भनेका कुराहरुको प्रतिकृया दिँदै डा भट्टराईको कडा प्रतिकृया आएको हो ।

डा भट्टराईले ३ घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको आरोप लगाएका छन् ।

डा भट्टराईकै शब्दमाः प्रम @kpsharmaoliको  ३ घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन। कोरोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो। लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो !