राजनीति

डा डिलाको मागः विदेशमा भोकभोकै मर्ने अवस्थामा छन्, नेपाल ल्याउने मिति चाहियो

६ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एबम् साँसद डिला संग्रौलाले विदेशमा लाखौं नेपाली खान नपाएर मर्न लागेको बताएका छन् । उनले साँसद प्रधानमन्त्रीको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीजीले खान नपाएर कोही नेपाली मर्नु पर्दैन भन्दै आए पनि त्यसै गफमा मात्रै सीमित भएको जिकिर गरेका छन् ।

विदेशमा अप्यारोमा परेका नेपालीहरुलाई खान नपाएर मर्न नदिने हो भने तत्काल नेपाल ल्याउनुको विकल्प नभएको बताउँदै त्यसका लागि प्रधानमन्त्रीले कहिले उनीहरुलाई स्वदेश ल्याउने तयारी गर्नु भएको छ ? भन्दै प्रश्न गरेकी छन् ।
डा संग्रौलाले प्रधानमन्त्रीसँग विदेशबाट नेपाल ल्याउने सरकारको तयारी भए त्यसको मिति दिन माग समेत गरिन् । उनले अनि उनीहरुलाई नेपाल ल्याउनु अगाडी क्वारेन्टाईन बनाउनु पर्दछ, अहिलेसम्म कति ओटा क्वारेन्टाईन बने प्रधानमन्त्री जी ? भन्दै पश्न थपेकी छन् ।