राजनीति

नेपालले आफ्नो भूमीको उपभोग गर्न नपाउन्जेल हर्ष बढाईको अर्थ छैनः नेता पाण्डे

६ जेठ, काठमाडौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले भारतले मिचेको कालापाली, लिपुलेक र लीम्पीयाधुरामा जबसम्म नेपालले आफ्नो भूमीको व्यवहारमा उपभोग गर्न पाउदैन तब सम्म हर्ष बढाई गर्न जरूरी छैन भन्ने बिश्लेशण गरेका छन् ।

नेपाल सरकारले सोमबार बसेको मन्त्री परषद बैठकबाट तीनवटै क्षेत्रलाई समेटेर बनाईएको नेपालको नक्साप्रति टिप्पणी गर्दै नेता पाण्डेले सीमाजस्तो गम्भीर विषयमा हल्काफुल्का रूपमा मात्र प्रस्तुत हुने काम नगरौँ भन्दै सार्बजनिक आग्रह गरेका छन् ।

नेता पाण्डेले काठमाण्डौबाट नक्सा जारि गर्दैमा अतिक्रमित जमिन आफ्नो हुने भए किन कालापानी, लिपुलेक र लिम्पियाधुरा मात्र समेटने ? भन्ने प्रश्न गर्दै के यो नक्सा मानेर भारतले नेपालले नक्सा छाप्यो अब यी भूमी नेपाल कै भयो भनि सेना हटाऊँछ त ? अर्को प्रश्न पनि थपेका छन्।

नेता पाण्डैले नेपाल सरकारले घोषणा गरेको नक्साको भूभाग नक्सामा मात्र नभएर नेपालकै भूमि भएको बताउँदै खनेको वाटोमा हाम्रो अनुमति विना गाडी गुढाउन छोड्छ त ? भन्ने सरकारसँग जिज्ञासाराखेका छन् ।

नेता पाण्डेको ट्वीटः

सीमाजस्तो गम्भीर विषयमा हल्काफुल्का रूपमा मात्र प्रस्तुत हुने काम नगरौँ ।
काठमाण्डौबाट नक्सा जारि गर्दैमा अतिक्रमित जमिन आफ्नो हुने भए किन कालापानी, लिपुलेक र लिम्पियाधुरा मात्र समेटने ? सुघौली सन्धी पश्चात गुमाएइको सबै भुभाग समेटेर नक्सा प्रकाशन गरे पनि भई हाल्यो नि ! तर सवाल हामीले काठमाण्डौमा जारी गरेको कागजी नक्सा होइन, हाम्रो जमिन हो। के यो नक्सा मानेर भारतले नेपालले नक्सा छाप्यो अब यी भूमी नेपाल कै भयो भनि सेना हटाऊँछ त ? उस्ले खनेको वाटोमा हाम्रो अनुमति विना गाडी गुढाउन छोड्छ त ?
तसर्थ जब सम्म नेपालले आफ्नो भूमीको व्यवहारमा उपभोग गर्न पाउदैन तब सम्म हर्ष बढाई गर्न जरूरी छैन । सबैमा चेतना होस् ।