पु.समाचार

९ जना थपिए कोरोना संक्रमीत, नेपालमा पुग्यो ३ सय ४

५ जेठ काठमाडौं । एकाबिहानै थप ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । राष्टिय जनस्वाथ्य प्रयोगाशाला काठमाडौंमा गरिएको परिक्षणमा रौतहट र बारामा गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमीतको संख्या नेपालमा ३ सय ४ पुगेको छ ।

संक्रमीत हुनेहरुमा रौतहट ईशनाथ नगरपालीका २, ३, ६, र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षका पुरुष र रौतहट माधवनारायण नगरपालीका ३ निवासी २८ वर्षीया महिला र बारा करैयामाई ५ निवासी ३८ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमीतकोको अवस्था सामानय रहेको र चिकित्सकको निगरानिमा रहेका छन् ।