मनोरञ्जन

नेपाली गायक दिवेश बने अमेरिकन आईडलको बने उपबिजेता

५ जेठ काठमाडौं । नेपालका युवा दिवेश पोख्रेल चर्चित रियालीटि शो अमेरिकन आईडलको उपबिजेतामा सिमित भएका छन् । आज भएको फाईनल राउण्डमा भोटिङका क्रममा नेपाली युवा दिवेशलाई पछि पार्दै जस्ट साम अमेरिकन आइडल बनेकि छन् ।

यो संगै नेपाली युवाको आईडल बन्ने सपनामा धक्का लागेर उपबिजेतामा चित्त बुझाउनु पर्यो । दिबेश काठमाडौंको रवीभवनमा जन्मेर सन् २०१४ मा अमेरिका गएका हुन् । नेपालका दिवेशलाई उपाधिको दाबेदारको रुपमा हेरिएको भएपनि उनि टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन ।

यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । साथै उपाधि विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् ।

छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए । अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए । मतमार्फत अघि बढ्ने चरणमा समेत उनले उत्साहप्रद मत प्राप्त गरेका थिए । उनको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको नेपाली समुदायबाट उनलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गरेका छन् ।

गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट भएका थिए । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउने दिवेश छ वर्षअघि अमेरिका आएका हुन् । काठमाडौँमा जन्मिएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम ‘ग्रहण’ सार्वजनिक गरेका हुन् ।

दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जितेका छन् । उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी हुन् ।