सामाजिक सञ्जाल

खगेन्द्र संग्रौलाको प्रश्नः नागरिकको जीवन मााथि खेलबाड गर्नु सरकारी बर्बरताको पराकाष्टा होइन र ?

५ जेठ काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले नागरिकको जीवन र अस्मिताउपर खेलबाड गर्नु सरकारी बर्बरताको पराकाष्टा होइन र भन्दै कडा प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले बाँकेको क्वारेन्टाइनमा अस्पताल लैजाने एम्बुलेन्स नभएर मृत्यु भएका युवकको अर्धनग्न शव खुला चउरमा दिनभरि प्रदर्शन गरियो सरकारको उक्त लापरबाहि प्रति टिप्पणी गरेका छन् ।

साथै साहित्यकार संग्रौलाले एक कोरोना संक्रमीत व्यक्तिले उपचार नपाएर मृत्यु बरण गर्दा ओली सरकार भने कोरोना नियन्त्रणको तयारी परिपुर्ण छ भन्दै दिनरात धाक लगाउँछ भन्दै सरकारप्रति कटाक्ष गरेका छन् ।

 

उनको ट्वीटः ओली सरकार कोरोना नियन्त्रणको तयारी सर्वाङ्ग परिपूर्ण छ भनी रातदिन धाक लाउँछ।बाँकेको क्वारेन्टाइनमा अस्पताल लैजाने एम्बुलेन्स नभएर मृत्यु भएका युवकको अर्धनग्न शव खुला चउरमा दिनभरि प्रदर्शन गरियो । नागरिकको जीवन र अस्मिताउपर खेलबाड गर्नु सरकारी बर्बरताको पराकाष्टा होइन र ?