प्रवास

बहराईनमा कोरोना संक्रमीत नेपालीको संख्या ३ सय ३१

५ जेठ काडमाडौं । रोजगारीका लागि विभिन्न मुलुकमा रहेका नेपालीहरु दिनहुँजसो कोरोना संक्रमीत हुनुको साथै कयौंले ज्यान गुमाईसकेका छन् । बहराईनमा कोरोना संक्रमीत नेपालीको संख्या ३ सय ३१ पुगेको छ । थप ८३ जना नेपालीमा कोरोना संक्रमण देखिएसंगै संक्रमीतको संख्या ३ सय ३१ पुगेको बहराईन स्थीत नेपाली दुतावासले जानकारी दिएको छ ।

दुतावासले विज्ञप्ति जारी गर्दै नयाँ संक्रमीत थपिएको पुष्टि गरेको छ । बहराईनमा यसअघि २ सय ४५ नेपालीमा संक्रमण देखिएको थियो । संक्रमीत सबै नेपालीको बहराईन सरकारले उपचार गरिरहेको बताईएको छ ।

बहराइनमा अहिलेसम्म ६ हजार ७ सय ४७ जनाको कोरोना सङ्क्रमण देखिएकोमा २७ सय ६२ जना निको भएका छन् । तर सङ्क्रमितमध्ये कति नेपाली निको भए भन्ने विवरण भने खुलाइएको छैन । बहराइनमा १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

बहराइनले सन् २०२० भरी नै अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिएको छ । ३१ डिसेम्बर २०२० सम्म कागजातविहीन विदेशी नागरिकले आफ्नो अवस्था सच्याउन वा बहराइन छाड्न सक्नेछन् ।

कोरोनाको शंका लागेमा बहराइनमा तोकिएका ९ वटा अस्पतालमा गएर जाँच गराउन सकिन्छ । कोरोना वा कुनै कारणले समस्या भएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध पनि गरेको छ ।