अन्तर्राष्ट्रिय

कोरोनाः ३ लाख १६ हजार वढी मृत्यु,संक्रमीत ४८ लाख नाघ्यो/१८ लाख ५८ हजार धेरै निको

५ जेठ काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ४८ लाख १ हजार ३ सय ५० पुगेको छ । यस्तै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ६ सय ५२ पुगेको छ । यस्तै १८ लाख ५८ हजार ७२ जना उपचारपछि भाइरसमुक्त भएका छन् ।

वर्ल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा ९० हजार ९ सय ७८ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या १५ लाख २७ हजार ६ सय ६४ पुगेको छ ।

यस्तै स्पेनमा २ लाख ७७ हजार ७ सय १९ जनामा संक्रमण देखिएको छ भने २७ हजार ६ सय ५० जनाको संक्रमणबाट मृत्यु भएको छ । रसियामा २ लाख ८१ हजार ७ सय ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने २ हजार ६ सय ३१ जनाको भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

बेलायतमा २ लाख ४३ हजार ६ सय ९५ जनामा भाइरस देखिएको बताउँदै वर्ल्डोमिटरले हालसम्म बेलायतमा ३४ हजार ६ सय ३६ जनाको मृत्यु जनाएको छ । इटालीमा २ लाख २५ हजार ४ सय ३५ जनामा भाइरस संक्रमण देखिएको छ भने ३१ हजार ९ सय ८ जनाको मृत्यु भएको छ ।

यस्तै ब्राजिलमा २ लाख ४१ हजार ८० जनामा भाइरस संक्रमण देखिएको छ भने १६ हजार १ सय १८ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समा १ लाख ७९ हजार ५ सय ६९ संक्रमीत छन् भने २८ हजार १ सय ८ को मृत्यु भएको छ । उता भारतमा ९५ हजार ६ सय ९८ संक्रमीत छन् भने ३ हजार २५ को मृत्यु भएको छ ।