प्रवास

नेपाली युवा दिवेश पुगे अमेरिकन आईडलको फाईनलमाः भयो भोटिङ खुल्ला

५ जेठ काठमाडौं । नेपालका युवा दिवेश पोख्रेल चर्चित रियालीटि शो अमेरिकन आईडलको फाइनलमा पुगेका छन् । पोखरेल अमेरिकन आइडलको टप ५ मा प्रवेश गरेका छन् ।

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ ।

यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् । साथै दुई घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् ।