समाचार

स्वास्थ्यमा समया आएपछि मन्त्री यादव गंगालाल अस्पतालमा

४ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव सामान्य स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् ।

मन्त्री यादवको स्वास्थ्य सामान्य रहेको र नियमित परीक्षणका लागि अस्पताल जानुभएको उनका प्रेस संयोजक विजय यादवले जानकारी दिए । मन्त्री यादवको सचिवालयले उहाँलाई हृदयाघात भएको भनेर फैलाइएको हल्ला निराधार रहेको पनि जनाएको छ ।

एक हप्तोदेखी वीर अस्पतालमा देखाईरहेपनि निको नभएपछि जनै खटिराको उपचारका लागि उक्त अस्पताल लगिएको हो । उनलाई अलि बढी समस्या भने भएको जनाईएको छ ।