विशेष

धुलिखेल अस्पतालमा निधन भएकी महिला कोरोनाबाट मृत्यु भएको पुष्टी, पहिलो मृतक बनिन्

३ जेठ, काठमाडौं । सिन्धुपाल्चौककी २९ बर्षिया महिला कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टी भएको छ। बिहानदेखी नै सामाजिक सञ्जालमा हल्ला भए बममोजिम उनको कोरोना भाईरसबाट निधन भएको आज साँझ ८.५० बजे स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।

आजै अपरान्ह गरेको स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा सुत्केरी महिलाको मृत्यु सम्बन्धी अनुसन्धान गरेरमात्र सत्यतथ्य बताउँने बताएको थियो ।

मृतक महिलालाई सरकारले पशुपति आर्यघाटमा मेशिनबाट अन्त्येष्टी गदैछ । । मृतक महिला कोरोना भाईरसको संक्रमणबाट निधन हुने नेपालकी पहिलो महिला भएकी छन् । धुलिखेल, अनि मृतकको गृहजिल्ला सिन्धुपाल्चौकमा उच्च सतर्कता अपनाईएको छ । आज अपरान्ह थप ३ जनामा कोरोना संक्रमण देखिएको पनि मन्त्रालयले पुष्टी गरेको छ । यससँगसंगै संक्रमीत २८१ पुगेको छ ।