मनोरञ्जन

जयकुमारले गाए जनता जगाउने गीत (भिडियो सहित)

३ जेठ पोखरा । गायक तथा संगीतकार जयकुमार परियारको नयाँ राष्ट्रिबादी गीत हामी देश बासीको म्यूजिक भिडियो भर्खरै युट्यवमा रिलिज भएको छ । समसामयिक यर्थाथबादी मौलिक गीति लेखनमा खप्पिस परियारको यो गीतमा कोरोना महामारी पछि मानिसमा देखिएको डर र पलाएको आशा मात्रै छैन् वर्तमान समयको सजिव चित्रण छ ।

कोरोनाको समयमा लेखिएको समसमायिक गीत भए पनि परियारको हामी देश बासी एउटा राष्ट्रिय भावनाले ओतप्रोत गीत हो । कल्ले लाने हो , दरौँ सिरबारी लागाएतका सयौँ गीत लेखेर आफूलाई अव्वल गीतकार सावित गरेका परियार कुसल कोरियोग्राफर समेत हुन ।

हामी देश बासी सबै एक हुनुछ गीतमा परियार स्वयंमको सिर्जना, स्वर र जादुमय संगीत छ । जय म्यूजिकको प्रस्तुतिमा रहेको हामी देश बासी सबै एक हुनुछ गीत राजेश बिष्ट क्षेत्रीले एरेन्ज गरेका हुन् । सुशिल नेपालीको निर्देशक गरेको म्युजिक भिडियोको काटछाँट भने महेन्द्र पराजुरीले गरेका छन् ।

हेरौँ गितको भिडियोः