मनोरञ्जन

अभय ढुंगेलको ‘नाचौँ छमछम’ (भिडियो सहित)

३ जेठ काठमाडौं । नेपाली लोक संगीतमा २ दसक पार गरिसकेका गायक संगीतकार अभय ढुंगेल यतिबेला अमेरिका बसाईंमा छन् । बिशेषगरि टिपिकल पुर्बेली भाकाहरुलाई टिपिक्क टिपेर सदाबहार गित बनाउन सक्षम अभयले केहि बर्षको अन्तरालमा अर्को दमदार टिपिकल भाका लिएर आएका हुन् ।

‘मनपर्ने एउटी साली छ’, ‘सुपारी जाईको माला’ ,आकाशैमा जस्ता चर्चित तथा सदावहार गीतका सर्जक तथा गायक ढुंगेलले पुर्वेली जुहारी ‘नाचौँ छमछम’मार्फत गाउँघर सम्झेका हुन् ।

ओखलढुंगेली श्रस्टा अभय ढुंगेलको सृजनामा तयार भएको यस गीतमा ढुंगेलको साथमा राजशुक्र लिम्बु, रुस्मा राई र फुङमा तुम्रोक लिम्बुले स्वर दिएका छन् । मनोरञ्जन नेपालको यूटुव च्यानलबाट विश्व बजारमा पठाईएको गीतको भिडियोमा उमेश राई (फुलन्देकी आमा), निरन्जली लामा, शिशिर श्रेष्ठ र शशिकला राईको मौलिक नृत्य हेर्न पाईन्छ ।

भिडियो निर्देशन शिशिर श्रेष्ठ गरेका छन् । गायक तथा लोक संकलक अभय ढुंगेल चर्चित लोक गायक नबिन ढुंगेलका सुपुत्र हुन्।

गितको भिडियोः