लुम्बिनी

बुद्ध जन्मेको स्थान लुम्बिनिको लागि केही गर्ने धोको

नेहा थापा/ कपिलवस्तु नेपालको पश्चिमाञ्चल बिकास क्षेत्रमा पर्ने लुम्बिनि अञ्चलमा पर्ने एउटा जिल्ला हो । नेपालको पछिल्लो संबिधानले संघीय संरचना ल्याएपछि कपिलबस्तु प्रदेश नम्बर ५ मा पर्छ । प्राचिन कालमा कृषि कपिलद्वारा प्रतिपादित प्रकृति र पुरुषको द्वतामा आधारित दर्शन जन्मभुमि भएका कारणले यस शाक्य गणराज्यको कपिलवस्तु नामकरण गरिएको थियो । यस ठाउँमा धेरै मानिसहरुले बसोबास गर्द छन् । जस्तैः बाहुन, क्षेत्री, मगर, मुसलवान, थारु आदि जातजातिहरु मिलेर बस्ने गर्दछन् । कपिलवस्तु जिल्लाको क्षेत्रफ्mल १७३८ वर्ग रहेको छ । यसको सदरमुकाम तौलिहवा हो । राष्ट्रिय भाषा नेपाली भए पनि यस जिल्लामा ६२ प्रतिशतले अवधि, २४ प्रतिशतले नेपाली ९ प्रतिशतले थारु र ६ प्रतिशत विभिन्न भाषाहरु बोल्दछन् । नेपाल कृषि प्रधान देश भएजसरीनै यस जिल्लाको मुख्य पेशा कृषि नै हो ।

कुल श्रेत्रफल मध्ये आठ लाख ५८ हजार २२२ हेक्टर जमिन खेतिपातिको लागि उपयुक्त रहेको तथ्याकं छ । यस जिल्लामा सतह सिंचाई, भुमिगत सिंचाई र लिफ्ट सिंचाईको मध्यमबाट ४८ प्रतिशत खेति योग्य जमिनका सिँचाई सुविधा उपलब्ध छ । सिंचाईको मुख्य श्रोत नदी नाला भए पनि वर्षायाममा अत्याधिक पानीका पर्नाका कारणले गर्दा भु–क्षय, बाढि पहिरो नदी काट्ने जस्ता गम्भीर समस्याहरु उत्पन्न हुने गर्दछन् । तौलिहवा, सिद्धार्र्थनगर लगायतका स्थान यस जिल्लाको महत्वपुर्ण औधौगिक एंव व्यापारी क्षेत्र हुन् । कपिलवस्तुको लुम्बिनि भन्ने जिल्लामा गौतम बुद्धको जन्म भएको थियो । बिश्वमा नै शान्ती छर्न सफल गौतमबुद्धको जन्मस्थान घुम्न, अध्ययन गर्नको लागि बिश्वभरका मानिसहरु कपिलबस्तु आजनेगर्दछन् ।

नेपालको पयर्यटन क्षेत्रको हबको रुपमा परिचित कपिलबस्तु बिश्वभर नै परिचित छ । कपिलबस्तु बुद्ध जन्मिएको जिल्ला भएर बढी परिचित भएको हो । यस ठाउँमा गौतम बुद्धका धेरै मन्दिरहरु र उनको ठुलो ठुलो मुर्तिहरु सझाएर राखिएको छ । यस ठाउँमा गौतम बुद्ध जन्मिए पछि उनले लगाएका लुगा, उनि हिँडेको खुट्टाका पाहिला नुहाएको ठाउँ जस्ता धेरै कुराहरु देख्न र घुम्न पाईन्छ । गौतम बुद्धले विश्वभर शान्ति र अहिंसाको सन्देश फैलाए त्यसैले नेपाललाई सुन्दर र शन्तिको देश भनेर विश्वभर चिनिएको छ । अहिले उनको अनुयायी विश्वभर छन् । उनलाई शन्तिका भगवानको रुपमा पुजा गरिन्छ । लुम्बिनिका जर्मन बौद्ध बिहार छ । त्यहाँ बुद्धको जीवन कालका महत्वपुर्ण दिनहरुको झझल्को दिने गरि मुर्तिहरु राखिएका छन् । जसले र्पयटनलाई बुद्धको विगतमा फर्काई दिन्छ ।

नेपाल सरकार पर्यटन मन्त्रालयले उच्च प्राथमिकता दिएको छ । नेपाल सरकारलाई चीन सरकारले लुम्बिनिको विकासका लागि अरबौं रकमसहयोग गरेको थियो । नेपालमा जसरी हिन्दू धर्मालम्बीहरुको संख्या अन्य धर्मालम्बीहरुको तुलनामा बढी छ त्यसैगरी चीन, म्यानमार लगायत बिश्वका धेरै मुलुकहरुमा बुद्ध धर्म मान्नेमानिसहरु पछिल्लो समय बढेका छन् । नेपाल सरकारले पनि बिश्व बिद्यालयको रुपमा लुम्बिनि बौद्ध बिश्व बिद्यालय नैउक्त स्थानको नाममा राखेको छ । भने पर्यटन मन्त्रालय अन्तर्गत लुम्बिनी बिकास कोषले उक्त क्षेत्रको प्रवर्धनका लागि बढी महत्व दिएर काम गरिरहेको छ ।

लुम्बिनिमा शिक्षा, स्वास्थ्य पर्यटनका बिकासहरु पनि पछिल्लो समय बढिरहेका छन् । सुबिधा सम्पन्न होटलहरु, गुणस्तरीय शिक्षादिने स्कुल तथा कलेजहरु खुल्न थालेका छन् । संघीय संरचना हुनु अगाडी १४वटा अञ्चल थिए त्यसमा एउटा अञ्चलको नाम लुम्बिनि राखिएको थियो। अहिले भने अञ्चल हटाएर प्रदेशीक संरचना ल्याएपछि पनि उक्त स्थानको नाम भने लुम्बिनि नैरहेको छ । प्रदेशको नामाकंरण भएको छैन। प्रदेशको नाम लुम्बिनि राख्नका लागि केही प्रबुद्ध ब्यक्तीहरु लबिगं गरिरहेका छन् । नेपालले कृषि, पर्यटन तथा उर्जालाई बिकासको पुर्बाधारको लागि प्राथमिकतामा राखेको छ, त्यस मध्ये पहिलो प्राथमिकताको रुपमा कृषि भने दोस्रो प्राथमिकताको रुपमा पर्यटन पर्दछ, पर्यटनका मुख्य आधारमा नेपालको सबैभन्दा अग्लो चुचुरो सगरमाथा, गौतामबुद्ध जन्मिएको स्थान लुम्बिनि लगायतका स्थानहरुलाई महत्व दिईएको छ ।

विश्वका नेपाल भ्रमणमा आउने राष्ट्र प्रमुखहरुले लुम्बिनि भ्रमण गर्ने गर्दछन्। गत बर्षमात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति महेन्द्रा राजापाक्षे, बांगालादेशका राष्ट्र प्रमुख लगायत उक्त स्थानमा गएका थिए। सार्क राष्ट्रका प्रायः सबै राष्ट्र प्रमुख नेपाल आउँदा लुम्बिनि घुम्न गएका छन् । यसरी राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय शक्ती केन्द्रले पनिउच्च महत्वदिएको लुम्बिनिको महत्वको बारेमा म एउटी सामान्य चेलीले बताउनुपर्छ जस्तो लाग्दैन तर आफूले आफ्नो स्तरबाट जानेजति लुम्बििनि र गौतमबुद्धको बारेमा बताएकी हुं ।

बुद्ध जन्मिएको स्थानबाट एकघण्टा जति बसमा पुग्ने स्थानमा जन्मिएकी छ, कसैले परिचय सोधेमा बुद्ध जन्मिएको जिल्ला कपिलवस्तु र लुम्बिनिमा जन्मिएकी अनि एसईसम्म अध्ययन गरेकी चेली हुँ भन्न पाउँदा खुशीले गद्गद् हुने गरेकी छु । अहिले भर्खरै ११ कक्षामा अध्ययन गर्ने हुनाले धेरै कुरा थाहा छैन तर पछि लुम्बिनि, गौतमबुद्ध र कपिलवस्तुको बारेमा केहीगर्ने सोच लिएको छु । आफू जन्मेको, आफू हुर्केको र आफूले प्रारम्भीक शिाक्षा लिएको उक्त जिल्लाको भन्न पाउँदा खुशी लागेको छ, जोकोहीलाई पनि खुशी लाग्नु स्वभाविक नै होला तर मलाई उक्त स्थानको बारेमा केही गरौं भन्ने संकल्प लाग्न थाल्नु थप उर्जा आएको महशुस हुन थालेको छ । कोरोना भाईरस संक्रमणका कारण केही समय थलिएको पर्यटनक्षेत्र उकास्ने नेपालको मुख्य गन्तब्य पनि लुम्बििनि नै हुन पनिसक्छ । विश्व नै माहामारीको चपेटामा भएका बेला नेपाल त्यसबाट अछुतो रहन्छ भन्नु मुर्खता हो तर सानो मुलुक भएकोले राम्रो ब्यवस्थापनगर्न सकेमा क्षती क मगर्न र छिटै उन्नती गर्न सकिने सम्भावना भने प्रशस्त छन् ।