पु.समाचार

पर्सामा थप सर्तकताः कोरोना संक्रमीत भागे प्रहरीले गोली प्रहार गर्न सक्ने

२ जेठ काठमाडौं । बिहिबार नारायणी अञ्चल अस्पतालबाट दुई कोरोना संक्रमीत अस्पतालबाट भागेपछि पर्साामा थप सर्तकता अपनाईएको छ । पर्सामा अब उप्रान्तकोहि कोरोना संक्रमीत व्यक्ति आईसोलेशनबाट भागेमा प्रहरीले गोली प्रहार गर्न सक्ने भएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भागेको बेला सुरक्षाका कुनै उपय अपनाउँदा समेत संक्रमीत व्यक्ति नियन्त्रणमा आएनभने गोली प्रहार गर्नसक्ने निर्णय गरिको बताएका छन् । जिल्ला प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

बिहिबार मात्रै नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना दुई संक्रमित फरार भएका थिए । दुबै जनालाई अहिले प्रहरीले पक्राउ गरी पुनः अस्पतालमा भर्ना गरेको छ ।

यस्तै बैठकले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्वस्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सम्बन्धित स्थानीय तहको प्रतिनिधि रहेको कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ ।