पु.समाचार

प्रमुख जिल्ला अधिकारीको १५दिन लकडाउन कडा बनाउन सुझाव, १५ दिन थपीने संकेत

२ बैसाख, काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले लकडाउन १५ दिन कडा बनाउनुपर्ने सुझाव दिएका छन्। प्रमुख जिल्ला अधिकारीहरुले पछिल्लो समय लकडाउनमा मानिसहरु आवतजावत गरिरहेको भन्दै पहिलो १५ दिनको लकडाउन जस्तै कडा बनाउनुपर्ने सुझाव कोरोना रोकथाम, नियन्त्रण तथा उपचार समितिलाई दिएका छन् । जेठ ५ गतेसम्मका लागि लम्ब्याईएको लकडाउनलाई कम्तीमा १५ दिन कडा बनाउन सुझाव दिएका छन् ।

पछिल्लो समय अर्थ मन्त्री युवराज डा खतिवडाले आर्थिक कृयाकलाप बढाउनु पर्ने बताईरहेपनि गृहमन्त्री रामबहादुर थापाले उपत्यकाका नाकामा कडाई गर्नुपर्ने बताईरहेका थिए । लकडाउन खुकुलो पार्दै गएको सरकारले संक्रमीतहरुको संख्यामा तीब्र बृद्धि हुन थालेपछि पुनः कडा पार्न थालेको छ । गृहमन्त्राल अन्तर्गतका सिडिओ कार्यालयहरुले बितरण गरेका सम्पूर्ण पासहरु रद्ध गरिसकेका छन् । केही अतिआवश्यक बाहेक गर्दैछन् ।

यसबाट कोरोना समितिलाई १५ दिन लकडाउन थप्न थप बल पुग्ने देखिन्छ भने पुर्ब अनुमान अनुसार सरकारले १५ दिन कडा रुपमा लकडाउन थप्ने सम्भावना देखिन्छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १५दिन म्याद थप गर्नसुझाव दिएको स्पष्ट पारेकी छन् । उपत्यकाको अवस्थाले समग्र मुलुकको अवस्थाको चित्रित गर्ने हुँदा यसलाई सरकारले महत्वपूर्ण रुपमा लिन्छ ।