पु.समाचार

लकडाउन अझै कडा, जिल्ला प्रशासनले खारोज गर्यो सबै प्रकारका पास

२ बैसाख, काठमाडौं । काठमाडौं जिल्लाप्रशासन कार्यालयले जारी गरेका ई–पाससहितका सम्पूर्ण पासहरु रद्द गरेको जनाएको छ । कार्यालयले जेठ ३गतेदेखी लागू हुनेगरी पास रद्द गरेको जानकारी दिएको हो । गृहमन्त्रालयले सबै पासहरु रद्द गर्ने निर्णय गरे अनुसार काठमाडौंजिल्ला प्रशासन कार्यालयले रद्ध गरेको हो ।

पछिल्लो समय दैनिक कोरोना संक्रमीत बढेपछि खुकुलो पारिएको लकडाउन सरकारले अझै कडा गर्दै लगेको छ । हाल सम्म २५८ जनालाई नेपालमा कोरोना भाईरस संक्रमणले छोईसकेको छ।