सामाजिक सञ्जाल

महामन्त्री खड्का भन्छन्ः अब त अति भयो सरकार लकडाउन र सुचना मात्रै जारी गर्ने

२ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी कदम नचाल्ने तर सुचना र लकडाउन मात्रै जारी गरेको भन्दै कटाक्ष गरेका छन् ।

समाजिक सञ्जाल ट्वीट मार्फत महामन्त्री खड्काले भनेका छन्ः अब त अति भयो सरकार लकडाउन र सुचना मात्रै जारी गर्ने । उनले भारतमा रेलसेवा संचाल संगै, घर फर्कने नेपालीहरुको घुईचो सिमानामा लागिरहेको भन्दै हाम्रो सरकार के गर्दैछौ ? भन्ने प्रश्न गरेका छन् ।

नेता खड्काले ब्यवस्थापनको योजना नागरिकले थाहा पाउने गरि सार्वजनिक गर्नु पर्दैन ? भन्ने आक्रोसयुक्त प्रश्न गर्दै उही लकडाउनको सुचना जारी गरेर सरकारको नागरिकप्रतिको जिम्मेवारी पुरा भए्को हो भन्ने प्रश्न गरेका छन् ।

भारतमा रेल सेवा सुरु गरेसंगै नेपालका विभिन्न सिमा नाकाहरुमा सयौं नेपालीहरु आएर अड्कीएका छन् । उनिहरुको व्यवस्थापनमा सरकारभने उदासीन देखिएको छ । जस्लेगर्दा लुकिछिपि नेपाल प्रवेश गर्नेहरुबाट कोरोना संक्रमणको जोखिम बढेको छ सरकारले यो विषयमा गम्भिर भएर सोचेको देखिँदैन ।

 

महामन्त्री खड्काको ट्वीटः भारतमा रेलसेवा संचाल संगै,घर फर्कने नेपालीहरुको घुईचो लाग्दै सिमानामा ? हाम्रो सरकार के गर्दैछौ ? ब्यवस्थापनको योजना नागरिकले थाहा पाउने गरि सार्वजनिक गर्नु पर्दैन ? उही लकडाउनको सुचना जारी गर्‍यो बस पुग्यो ? पूरा भयो सरकारको जिम्मेवारी ? अब त अति भयो सरकार? चेतना भया ?