पु.समाचार

एकाबिहानै नेपालमा थप ९ जनामा देखिने कोरोनाः जम्मा संक्रमीत २ सय ५८

२ जेठ काठमाडौं । नेपालमा कोरोना संक्रमीतको संख्या २ सय ५८ पुगेको छ ।  आज (शुक्रबार) बिहानै बाँकेमा ८ र मकवानपुरमा १ थपिँदा नेपालमा जम्मा कोरोना संक्रमीतको संख्या २५८ पुगेको छ । 

स्थास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार आज थप ९ जनामा कोरोना पुष्टि भएको हो ।

राष्टय जनस्वाथ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो ।

मकवानपुरको ३७ वर्षका पुरुष, र बाँके नैनापुर १, ३ र ५ का क्रमशः १८, २०, २२, २५, २५, २७ ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमीत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानिमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।